होली पर्वमा कसैको इच्छा विपरीत रङ नदल्न जिल्ला प्रशासन कार्यालय नवलपुरले अनुरोध गरेको छ ।
होली पर्वमा कसैलाई इच्छा विपरीत रङ दल्ने, लोला हान्ने, हानिकारक प्रकारका रङ्गिन बस्तु दल्ने जस्ता कानुनले बन्देज गरेका क्रियाकलाप नगर्न प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले अनुरोध गर्नुभएको छ।
प्रशासनले पर्व मनाउदा एक अर्काको इच्छा विपरित होतीको बहानामा जबरजस्ती रंग दल्ने, हानिकारक प्रकारका रङ्गिन बस्तु दल्ने, प्लाष्टिक जन्य लोला हान्ने, बाटो ढुकेर अपरिचित बटुवालाई रंग लगाउने, फोहर छ्याप्ने तथा बाटोमा हिड्ने जो कोही व्यक्तिलाई अनावश्यक दुस्ख हैरानि दिने, बाटो अवरोध गरि सवारी साधनबाट रकम असुल्ने, मादकपदार्थ सेवन गरी सार्वजनिक शान्ति व्यवस्थामा असर पुर्याउने जस्ता कार्य प्रचलित कानूनको विपरित भएको जानकारी गराउदै, कोही कसैले कसैको इच्छा विपरित एवम् स्वीकृति बेगर उल्लेखित र वातावरण तथा जनस्वास्थ्यमा प्रतिकृत असर पार्ने रङ्गित वस्तुहर, केमिकल, प्लाशिक लोला आदि जस्ता कार्य नगर्न नगराउन समेत अनुरोध गरेको छ।
प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेले फागु पर्वका अवसरमा अराजक गतिविधि गर्नेलाई कानुन बमोजिम कारबाही गरिने बताउनुभएको छ।