एस पि एम कलेजमा विद्यार्थीहरुका लागि आत्मसुरक्षा तालिम सम्पन्न

गैंडाकोट
नवलपुरको गैंडाकोट नगरपालिका वडा नं २ मा रहेको सूर्यभक्त पतना देवि मेमोरियल कलेजमा विद्यालय र समुदाय लक्षित एकदिने आत्म सुरक्षा तालिम सम्पन्न भएको छ । शुक्रबार एस.पि.एम. कलेजले कलेजका सम्पुर्ण विद्यार्थीहरुका लागि उक्त कार्यक्रम सम्पन्न गरिएको प्राचार्य दिपेन्द्र पौडेलले बताउनु भयो । कलेज प्राचार्य पौडेलले जुनसुकैबेला जे पनि हुन सक्ने भएकाले यसप्रकारको कार्यक्रम आयोजना गरिएको बताउनु भयो । कलेजका छात्रा विद्यार्थीका लागि आफ्नै साथीहरूले आत्मसुरक्षा तालिम सिकाएको देख्दा खुसी लागेको र यसलाई निरन्तर रूपमा सञ्चालन गर्नको लागी कलेजको तर्फबाट सहयोग गर्ने कलेजका प्राचार्य पौडेलले बताउनुभयो । बालबालिकासंग सम्बन्धित देखिएका समस्याहरू समाधान गर्नको लागि स्वयम् आफ्नै उमेर भित्रका साथीहरूले गर्दा प्रभावकारी हुने र उनीहरूको क्षमता अभिवृद्धि समेत हुने भएकोले यस्ता खालका अभियानको नेतृत्व लिनुपर्ने उहाको जोड थियो ।

यसैगरि विभिध शुक्रबारीय कार्यक्रममा विद्यार्थीहरुको आवश्य अनुसारका कार्यक्रमहरु सञ्चालन भएरहेको बताउनु भयो ।

तालिममा कक्षा ११,१२ र स्नातक तहमा विद्यार्थीहरुको सहभागिता रहेको थियो । तालिममा राष्ट्रिय प्रशिक्षक श्याम कुमार बाचे मगरको टिमले प्रशिक्षण गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *