नवलपुरमा जम्मा मतदाता २ लाख ५४ हजार ६ सय १५ जना, बुलिङटारमा १२ हजार ५ सय १ जना

नवलपुर । आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावका लागि निर्वाचन आयोगले मतदाता, मतदानस्थल र मतदान केन्द्रको टुङ्गो लगाएको छ ।
आइतवार बसेको निर्वाचन आयोगको बैठक अनुसार नवलपुरको मतदाताको सङ्ख्या दुई लाख ५४ हजार छ सय १५ जना रहेको छ । यसमा १ लाख २१ हजार ३८ जना पुरुष मतदाता छन् भने महिला मतदाताको सङ्ख्या १ लाख ३३ हजार पाँच सय ७३ जना रहेको छ । त्यस्तै अन्यमा ४ जना मतदाता छन् ।

सबैभन्दा धेरै मतदाता कावासोतीमा ५५ हजार तीन सय ३० जना छन् भने सबैभन्दा कम बौदिकालीमा ११ हजार ४ सय ९७ मतदाता रहेको आयोगले जनाएको छ ।
यसै गरि बुलिङटार गाउँपालिमा १२ हजार ५ सय १ जना रहेका छन् ।

यसैबीच निर्वाचन आयोगले स्थानीय तह चुनावका लागि मतदानस्थल र मतदान केन्द्रको पनि टुङ्गो लगाएको छ । आयोगका अनुसार नवलपुरमा १ सय १३ मतदानस्थल रहने छन् भने २ सय ९९ मतदान केन्द्र रहेका छन् ।
(हेर्नुहोस ८ पालिकाको तालिका)

तालिका तस्बिर साभार नवलपुर टाइमसबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *