को बन्लान् नेपाली कांग्रेसको महामन्त्रीस् महामन्त्री पदमा ४ नेताको दाबी

१५ चैत , नवलपुर ।
नेपाली काँग्रेसको महत्वपूर्ण भातृ संस्था नेपाल विद्यार्थी संघको अध्यक्षमा पार्टीले दुजाङ शेपालाई मनोनयन गरे पश्चात अब बन्ने केन्द्रीय समितीमा महामन्त्रीको आकांक्षीहरूको चर्चा चल्न थालेको छ।
काँग्रेसको मेरुदण्ड मानिने भातृ संघ नेविसंघको महामन्त्री पदमा विभिन्न समूहका विद्यार्थी नेताहरूले दावी गरेका छन्। नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले अब बन्ने तदर्थ समितीमा ३२ वर्षको उमेर हदबन्दी लागू गर्ने निर्णय गरेको थियो। नजिकै आएको स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर नेपाली काँग्रेसले यथासिघ्र नेपाल विद्यार्थी संघको समितिलाई पूर्णता दिने तयारी गरेको छ। प्लेन समिति ल्याउने तयारी गरेता पनि विद्यार्थी नेताहरुको दवाव र संघको १२ औं महाधिवेशन सम्पन्न गर्नको लागि समितिमा अनुभवी नेताहरुको पनि सहभागिता आवश्यकता रहेकोले पूर्ण समिति ल्याउने कुरामा पार्टीका नेताहरु सकारात्मक रहेका छन्।

महामन्त्री पदमा पूर्व केन्द्रीय सदस्य पूजन गन्धर्व, प्रेम शाही,गीता गुरुङ र प्रेमिका राना मगर लगायत नेताहरुको दावी रहेको छ। मुख्य दावेदार मानिएका चारै जना संघको ११ औं महाधिवेशन बाट निर्वाचित केन्द्रीय सदस्यहरू हुन्।यस मध्य शाही र गुरुङ संस्थापन समूहका ९सभापति शेर बहादुर देउवा निकट हुन भने, गन्धर्व र राना संस्थापन इतर समूहका हुन्। गन्धर्व पूर्व महामन्त्री डा सशांक कोइराला निकट छन् भने राना सभापतिका प्रत्यासी डा शेखर कोइराला निकट छिन्।
अध्यक्ष कै बलियो दाबेदार मानिएको शाही र गुरुङ अध्यक्षमा दुजाङ शेर्पा चयन भएपछि महामन्त्री बन्ने सम्भावना रहेको बुझिन्छ। युवा विद्यार्थी माझ लोकप्रिय सोलुखुम्बु की गुरुङ नेपाली काँग्रेस प्रदेश न १ को सदस्य पनि रहेकी छन्, शाही कर्णाली प्रदेश दैलेखका हुन।
इलाम की राना पार्टी की महाधिवेशन प्रतिनिधि पनि हुन।

तनहुँका गन्धर्व सामाजिक विकृति, विसंगति र पार्टी भित्रको अलोकतान्त्रिक गतिविधि बारे पार्टी नेतृत्व प्रति नै कडा प्रहार गर्ने स्पष्ट वक्ताको रुपमा विद्यार्थीहरु माझ लोकप्रिय छन्।
विधानले २ ओटा महामन्त्रीको व्यवस्था गरे पनि सबै समूहको नेताहरु समेट्न पर्ने परिस्थितिमा नेपाली काँग्रेसले नेपाल विद्यार्थी संघमा बहुसङ्ख्यक महामन्त्रीहरु चयन गर्दै आएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *