युवा नेता दराईले गरे जन्मदिनको अवसरमा विद्यार्थीलाई शैक्षिक सामाग्री हस्तान्तरण

नवलपुर १५ चैत । नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाका एक युवा नेताले दद्राली टोलका ५१ विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गर्नुभएको छ । नेपाली कांग्रेसका युवा नेता बेल बहादुर दराईले दद्राली टोल भित्रका सम्पुर्ण विद्यार्थीहरुलाई शैक्षिक सामाग्री हस्तान्तरण गर्नुभएको हो । आफ्नो ३६ औं जन्मोत्सवको अवसर पारी विभिन्न विद्यालयमा अध्ययन गर्ने विद्याथीहरुलाई आफ्नो व्यक्तिगत तर्फबाट रु ४० हजार मूल्य बराबरको शैक्षिक सामाग्री सहयोग प्रदान गरेको बुद्धि विकास प्रा।वि का प्रधानध्यापक श्रीधर कुमालले जानकारी दिनुभयो । दराईले विद्यार्थीहरुलाई कपी,कलम, पेन, कटर सहित शैक्षिक सामाग्री सहयोग गर्नुभएको हो ।

 

जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने हेतुले जेहेन्दार र विपन्न विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग गरेको सहयोगदाता बेल बहादुर दराईले बताउनु भयो । विद्यार्थीलाई शैक्षिक गतिविधिमा थप आकर्षण गर्न र उनीहरुलाई थप प्रोत्साहन गर्न आफुले सहयोग गरेको सहयोगी दराईको भनाई छ । उहाँले सिमान्तकृत समुदायका बालबच्चाहरुलाई सहयोग गर्न पाउदा आफु पनि खुशि भएको बताउनु भयो ।

 

सोही अवसरमा प्रमुख अतिथि तथा बुलिङटार गाउँपालिका वडा नं ३ का वडाध्यक्ष यमबहादुर झेँडी मगरले दराईलाइ जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्दै जन्मदिनमा फजुल खर्च गर्नुभन्दा परोपकारी कार्य गरौं भन्ने दराईको हेतुलाई प्रशंसा गर्नुभएको थियो । उहाँले आफ्नो वडाका शिक्षित युवा नेताले जन्मदिनको अवसरमा अरु युवाहरुले भन्दा अलि बेग्लै ढंगले सामाजिक कार्यक्रम गरिएकोमा आफुपनि हर्षित भएको बताउनुभयो ।
युवा नेता दराईले विगत देखि नै यस्तै परोपकारी कामहरु गर्दै आईरहनु भएको छ ।

कार्यक्रममा बुद्धि विकास प्रा।वि का पुर्व प्रधानध्यापक दामोदर कुमाल, विजय लघुवित्त वित्तिय संस्था बुलिङटार शाखाका प्रमुख टेकनाथ दराई, समाज सेवि केशर कुमाल, मुक्त दराइ, यम बहादुर कुमाल, सम्पुर्ण विद्यार्थी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *