बुलिङटारमा नेपाली कांग्रेसबाट हाल सम्म अध्यक्ष पदका लागि ८ र उपाध्यक्षका लागि २ जनाको नाम चर्चामा

बुलिङटार,
नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको नेतृत्वका लागि प्रमुख राजनीतिक दलका जिल्ला तथा पालिका तहका नेताहरु आकांक्षी देखिएका छन् । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्षका टिकटका लागि आकांक्षीहरुले आफ्नो पार्टीभित्र लबिङ थालेका छन् ।
जिल्लाको बुलिङटार गाउँपालिकामा मुलतः नेपाली कांग्रेस र नेकपा एमाले बीच चुनावी प्रतिस्पर्दा हुने देखिन्छ ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेस बिजयी भएको यस गाउँपालिकामा कांग्रेसबाट मात्रै आजसम्म ८ जनाले गाउँपालिका अध्यक्षमा उमेदवारी दिने आकांका व्यक्त गरेका छन् ।
गत स्थानीय तह निर्वाचनमा बुलिङटार गाउँपालिकामा जित निकालेको नेपाली कांग्रेसबाट वर्तमान अध्यक्ष शशि किरण बस्ताकोटी सहितका नेताहरुले यस पटक आकांक्षा प्रकट गरेका छन् । बस्ताकोटीसंगै जिल्ला समन्वय समितिका सभापति चेशराम आले, गण्डकी प्रदेश मुख्यमन्त्रिका राजनितिक सल्लाहकार खड्ग बहादुर कमाल, नेपाली कांग्रेस जिल्ला सचिव होराज रानाभाट, पदमराज गिरी, ऋषिश्वर बकावल, ओमकुमार श्रेष्ठ र दोलराज पाण्डे लगायतले गाउँपालिका अध्यक्षका लागि चासाे देखाएकाछन् ।
यसैगरि गाउँपालिका उपाध्यक्षका लागि हालसम्म २ जनाकाे नाम अघि आएकाे छ ।
कांग्रेसले बुलिङटार गाउँपालिकामा आफ्नो नेतृत्व स्थापित गर्न रणनीतिक रुपमा पार्टी प्रवेश, चुनावी तालमेल लगायत चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिइरहेको छ । सत्ता गठबन्धनमा रहेका दलहरु बीच चुनावी गठबन्धनको चर्चा भइरहदा बुलिङटार गाउँपालिकामा भने कांग्रेस नेतृत्व गठबन्धन निर्माणमा इच्छुक देखिदैन ।
हालसम्म उपाध्यक्ष पदका लागि हालका गाउँपालिका उपाध्यक्ष मैन बि.क. संगै लक्ष्मी गौतमले आफ्नाे नाम दिएकाछन् ।

नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले भोलि शुक्रबार ३ बजेसम्म आकांक्षीहरुलाई उमेदवारी दर्ता गर्न आग्रह गरेको छ । ३ बजेसम्म उमेदवारी दर्ता र ४ बजेसम्ममा उमेदवारीहरुको नाम प्रकाशन गरिने सभापति ओमकुमार श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *