बुलिङटारमा कांग्रेसबाट अध्यक्षका लागि मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देखि ने.वि.सं.का जिल्ला सदस्य सहित १० र उपाध्यक्षका लागि ६ जनाको उमेदवार दर्ता

बुलिङटार,
नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकामा कांग्रेसबाट अध्यक्ष पदका लागि मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार देखि ने.वि.सं.का जिल्ला सदस्य सहित १० जनाको उमेदवार दर्ता भएको छ । २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गाउँपालिकाका अध्यक्षका टिकटका लागि आकांक्षीहरुले आफ्नो पार्टीभित्र लबिइङ थालेका छन् ।
जिल्लाको बुलिङटार गाउँपालिकामा मुलतः नेपाली कांग्रेस र नेकपा एमाले बीच चुनावी प्रतिस्पर्दा हुने देखिन्छ ।
गत स्थानीय तह निर्वाचनमा कांग्रेस बिजयी भएको यस गाउँपालिकामा कांग्रेसबाट मात्रै १० जनाले गाउँपालिका अध्यक्षमा उमेदवार दिइएका हुन ।
अध्यक्ष पदका लागि गत स्थानीय तह निर्वाचनमा बुलिङटार गाउँपालिकामा जित निकालेको नेपाली कांग्रेसबाट वर्तमान अध्यक्ष शशि किरण बस्ताकोटी सहितका नेताहरुले उमेदवार दर्ता गरेका छन् । बस्ताकोटीसंगै जिल्ला समन्वय समितिका सभापति चेशराम आले, गण्डकी प्रदेश मुख्यमन्त्रिका राजनितिक सल्लाहकार खड्ग बहादुर कमाल, नेपाली कांग्रेस जिल्ला सचिव होराज रानाभाट, जिल्ला विकास तथा समन्वय इकाई पश्चिम नवलपरासीका प्रमुख दोलराज पाण्डे, नेपाली कांग्रेस बलिङटार गाउँपालिकाका सभापति ओमकुमार श्रेष्ठ, पदमराज गिरी, ऋषिश्वर बकावल, कृष्ण प्रसाद पोख्रेल र नेपाल विद्यार्थी संघ नवलपुरका जिल्ला सदस्य सुवास देवकोटा गरि १० जनाले नेपाली कांग्रेस बुलिङटार गा.पा.को पार्टी कार्यलयमा गाउँपालिका अध्यक्षका लागि उमेदवार दर्ता गरेका छन् ।
यसैगरि गाउँपालिका उपाध्यक्षका लागि कांग्रसबाट ६ जनाले उमेदवारी दिएका छन् ।
उपाध्यक्ष पदका लागि हालका गाउँपालिका उपाध्यक्ष मैन बि.क. ले उमेदवार दर्ता गरेका छन् । बि.क.संगै लक्ष्मी गौतम, दिल मायाँ राना मगर, सकुन्तला पौडेल घिमिरे, देउ मायाँ दिस्वा, र कृष्ण कुमारी वकावलले उमेदवार दिएका छन् ।
कांग्रेसले बुलिङटार गाउँपालिकामा आफ्नो नेतृत्व स्थापित गर्न रणनीतिक रुपमा पार्टी प्रवेश, चुनावी तालमेल लगायत चुनाव लक्षित कार्यक्रमलाई तिव्रता दिइरहेको छ। सत्ता गठबन्धनमा रहेका दलहरु बीच चुनावी गठबन्धनको चर्चा भइरहदा बुलिङटार गाउँपालिकामा भने कांग्रेस नेतृत्व गठबन्धन निर्माणमा इच्छुक देखिदैन ।

यसै गरि नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले सबै वडा सभापतिहरुलाई उमेदवार सिफारिस गर्ने सम्बन्धमा परिपत्र गरेको छ । परिपत्रमा भनिएको छ “ स्थानीय निर्वाचन २०७९को लागि पार्टीका तर्फबाट उमेदवार बन्न चाहानेहरु बिच सकेसम्म सहमतिको प्रयास गर्ने र सहमति हुन नसके विधान अनुसार मिति २०७८÷१२÷२८ गते ४ बजे सम्ममा उमेदवारहरुको नाम सिफारिस गरी पठाउनको लागि जानकारी गराइन्छ ।”

Leave a Reply

Your email address will not be published. Required fields are marked *