नवलपृुर । वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा बुलिङटार गाउँपालिकामा नेकपा एमालेबाट सात जनाले दाबि गरेका छन् ।
मंगलबार बसेको एमाले बुलिङटार गाउँ कमिटिको बिस्तारित बैठकमा विद्रोहि गिरी, टंकनाथ गिरी, टंकप्रसाद माकिम मगर, दिपक चन्द्र बस्ताकोटी, हिरा सिं रेश्मी मगर, सालिकराम वाग्ले, दिपेन्द्र सुनारी मगर लगायतले अध्यक्ष पदमा दाबी गर्दै नाम दर्ता गराएको नेकपा एमाले बुलिङटार कमिटिका अध्यक्ष मन विर पुलामी मगरले बताउनु भयो ।