बुलिङटार, २
नेपाली कांग्रेस बुलिङटार गाउँपालिकाले वडा अध्यक्षका लागि ४ वटा वडाको उमेदवार टुंगो लगाएको छ । शुक्रबार बसेको बैठकले वडा अध्यक्षका लागि ४ वटा वडाको उमेदवार टुंगो लगाएको कांग्रेस बुलिङटार गाउँपालिकाका सभापति ओमकुमार श्रेष्ठले बताउनु भयो ।
श्रेष्ठका अनुसार वडा नं १ मा दिल बहादुर सुर्यबँशी मगर , वडा नं २ मा कमल बकावल मगर, वडा नं ४ मा मिन बहादुर आले र वडा नं ६ मा मोहोन राज पाठक रहेका छन् ।
कांग्रेस बुलिङटारले वडा नं ३ र वडा नं ५ टुंगो लगाउन बाँकी रहेको छ । बुलिङटार ५ मा पनि करिब करिब सहमति नजिक रहेको छ ।
भोलि बिहान सम्ममा सबै वडामा टुंगो लगाउने गरि तयारी चलिरहेको श्रेष्ठले बुलिङटार न्युजलाई जानकारी दिनु भयो ।