गैंडाकोटको जनक स्कूलमा शिक्षकले अश्लिल भिडियो देखाएपछि तनावग्रस्त

गैंडाकोट, ४ वैशाख । गैंडाकोटको जनक कलेजमा अध्यापन गराउने शिक्षक कपिल घिमिरेले कलेजको १२ कक्षामा अध्यायनरत एक छात्रालाई मोवाइलबाट अश्लिल भिडियो देखाएको ४ दिन वितिसक्दा पनि कारवाही नगरिएको भन्दै कलेज र स्कूलका आक्रोशित विद्यार्थीहरुले विद्यालय परिसरमा आगजनी एवं तोडफोड गरेका छन । उनिहरुले स्कूल परिसरमै दुईवटा मोटरसाइकलमा आगो लगाएका छन भने स्कूलको भौतिक सामानहरुको तोडफोड गरेका छन् ।

स्थानीय तथा विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन् । स्कुलमा विद्यार्थीहरुले टोडफोड गरेका छन् । विद्यालयमा नै ना २४ प ६६१५ र प्र ३०३०० प २७७६ नम्बरको २ वटा मोटरसाइकल जलाइएको छ । ५ सय भन्दा बढि विद्यार्थीहरुले वि वाण्ट जस्टिसको नारा लगाइएको छ ।

स्थिति तनावग्रस्त भएपछि स्कूलको हाताभित्र प्रहरी तैनाथ गरिएको छ । प्रहरीले स्थितीलाई नियन्त्रणमा लिन दुई राउण्ड अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि विद्यार्थीहरु झन आक्रोशित बनेका छन । अहिले त्यहाँको अवस्था झन तनावग्रस्त बन्दै गएको छ । विद्यालय प्रशासनले ओरोपित शिक्षकलाई कार्यवाहीकालागि वेवास्ता गरेर उल्टै संरक्षण दिएको विद्यार्थीहरुले आरोप लगाएका छन । कलेजकी छात्रालाई शिक्षकले अश्लिल भिडियो देखाउँदै कलेजको ल्यावमा दुर्व्यवहार गर्ने प्रयास गरेको आरोप लागेको छ । घटनामा केही विद्यार्थीहरु र प्रहरी समेत घाइते भएका छन । घटनाको यकिन विवरण अझै आउन बाँकी छ ।
छात्रालाई पोर्न भिडियो देखाएर जबरजस्ति गर्न खोजेको उनिहरुको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *