झबिन्द्र खण्डलुक मग,र वैशख०७। गैडाकोट नगरपालिका वडा नं( ३ ढोडेनी गैडाकोटमा जारी प्रथम मेयर वडा स्टरिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गैडाकोट क्षेत्रिय रङगशाला९३,४,८० मा आज भएको दोस्रो सेमिफाइनलको खेलमा गैडाकोट नगरपालिका वडा नं (१ लाई ७(३ विशाल गोल अन्तरले पराजित गर्दै फाईनलमा पहिलो सेमिफाईनलको बिजय टोली गैडाकोट नगरपालिका वडा नं (४ सङ्ग भेट पक्का गरेको छ । गैडाकोट नगरपालिका वडा नं (३ लाई फाइनल प्रवेश गराउनका लागि अर्जुन रिमाल २ , मिलन आले मगर २, उमेश थापा मगर १, परबिन ल्हायो मगर १ र बिकास सुनारी मगरले १ गोल गरेको थियो । पहिलो हापमा वडा नं (३ ले एक पक्षिय खेल आफ्नो पकड जमाउदै ६(० फराकिलो गोलअन्तरले अग्रता लिएको थियो । दोस्रो हापमा गैडाकोट वडा नं १ ले केही सुध्रिएको खेल प्रर्दशनका साथ ३ गोल गरिएता पनि खेलमा बिजय हुन पर्याप्त भएन । पहिलो सेमिफाइनलको खेलमा गैडाकोट नगरपालिका वडा नं ४ ले गैडाकोट नगरपालिका वडा नं ९ लाई ३(१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । अब फाईनल खेल बैशाख ९ गते गैडाकोट क्षेत्रिय रङगशाला९३,४,८० मा हुनेछ ।
Related Posts
जिल्ला स्तरीय अन्तरपालिका महिला भलिबल प्रतियोगितामा देवचुली प्रथम
- Bulingtarnews
- ६ फाल्गुन २०७८, शुक्रबार १४:३५
- 0
बुलिङटार, ५ नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ चन्टार रंगसालामा भएको चौथो गाउँपालिका […]
जिल्ला स्तरीय अन्तरपालिका फुटबल प्रतियोगितामा कावासोती प्रथम
- Bulingtarnews
- ३ फाल्गुन २०७८, मंगलवार १५:५८
- 0
बुलिङटार, ३ फागुन बुलिङटार युवा तथा खेलकुद विकास समितिको आयोजनामा भएको चौथो बुलिङटार अध्यक्ष कप […]
चौथो बुलिङटार गाँउपालिकाअध्यक्ष कप२०७८ खेल सुरु
- Bulingtarnews
- १ फाल्गुन २०७८, आईतवार १२:५२
- 0
बुलिङटार, फागुन १ बुलिङटार युवा तथा खेलकुद विकास समितिको आयोजनामा चौथो बुलिङटार गाँउपालिका अध्यक्ष कप […]