झबिन्द्र खण्डलुक मगर ।वैशाख -०७,गैडाकोट नगरपालिका वडा नं- ३ ढोडेनी गैडाकोटमा जारी प्रथम मेयर वडा स्टरिय फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । गैडाकोट क्षेत्रिय रङगशाला(३,४,८) मा आज भएको दोस्रो सेमिफाइनलको खेलमा गैडाकोट नगरपालिका वडा नं -१ लाई ७-३ विशाल गोल अन्तरले पराजित गर्दै फाईनलमा पहिलो सेमिफाईनलको बिजय टोली गैडाकोट नगरपालिका वडा नं -४ सङ्ग भेट पक्का गरेको छ । गैडाकोट नगरपालिका वडा नं -३ लाई फाइनल प्रवेश गराउनका लागि अर्जुन रिमाल २ , मिलन आले मगर २, उमेश थापा मगर १, परबिन ल्हायो मगर १ र बिकास सुनारी मगरले १ गोल गरेको थियो । पहिलो हापमा वडा नं -३ ले एक पक्षिय खेल आफ्नो पकड जमाउदै ६-० फराकिलो गोलअन्तरले अग्रता लिएको थियो । दोस्रो हापमा गैडाकोट वडा नं १ ले केही सुध्रिएको खेल प्रर्दशनका साथ ३ गोल गरिएता पनि खेलमा बिजय हुन पर्याप्त भएन । पहिलो सेमिफाइनलको खेलमा गैडाकोट नगरपालिका वडा नं ४ ले गैडाकोट नगरपालिका वडा नं ९ लाई ३-१ गोल अन्तरले पराजित गर्दै फाईनल प्रवेश गरेको थियो । अब फाईनल खेल बैशाख ९ गते गैडाकोट क्षेत्रिय रङगशाला(३,४,८) मा हुनेछ ।
Related Posts
बुलिङटारमा ५औं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग शिल्ड छनौट प्रतियोगिता सम्पन्न
- Bulingtarnews
- ४ माघ २०७९, बुधबार १३:५६
- 0
बुलिङटार, ४ माघ नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका स्थित भएको पाचौं पालिका स्तरीय राष्ट्रपति रनिङ्ग […]
चौथो बुलिङटार गाँउपालिकाअध्यक्ष कप२०७८ खेल सुरु
- Bulingtarnews
- १ फाल्गुन २०७८, आईतवार १२:५२
- 0
बुलिङटार, फागुन १ बुलिङटार युवा तथा खेलकुद विकास समितिको आयोजनामा चौथो बुलिङटार गाँउपालिका अध्यक्ष कप […]
जिल्ला स्तरीय अन्तरपालिका महिला भलिबल प्रतियोगितामा देवचुली प्रथम
- Bulingtarnews
- ६ फाल्गुन २०७८, शुक्रबार १४:३५
- 0
बुलिङटार, ५ नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं ३ चन्टार रंगसालामा भएको चौथो गाउँपालिका […]