एमालेबाट बुलिङटार अध्यक्षमा सुनारी र उपाध्यक्षमा खण्डलुकको उम्मेदवार

बुलिङटार । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहका निर्वाचनका लागि नेकपा एमाले नवलपुरले सबै पालिकाका प्रमुख\अध्यक्ष र उप प्रमुख\ उपाध्यक्षका उम्मेदवार टुङ्गो लगाएको छ । यसै सन्दर्भमा बुलिङटार गाउँपालिकाको पनि जिल्ला कमिटिले टुङ्गो लगाएको छ ।

नेकपा एमालेबाट बुलिङटारमा अध्यक्ष पदका लागि दिपेन्द्र सुनारी मगरलाई उमेदवार घोषणा गरिएको छ । यस्तै उपाध्यक्षका लागि भने भूमिका खण्डलुक मगरलाई उमेदवार घोषणा गरिएको नेकपा एमाले नवलपुरले जनाएको छ ।

नेपाली कांग्रेसले भने बुलिङटारका अध्यक्ष र उपाध्यक्षका लागि जिल्ला कार्य समितिको वैठक चलिरहेको श्रोतले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *