जेठ १ गतेदेखि शनिबार र आइतबार सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले जेठ १ गतेदेखि साताको २ दिन बिदा दिने निर्णय गरेको छ। सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले जेठ १ देखि लागू हुनेगरी बिहान ९ बजेर ३० मिनेटदेखि साँझ साढे ५ बजेसम्म कार्यालय समय कायम गर्ने निर्णय भएको पनि जानकारी दिए ।

 

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘हाललाई परीक्षणको रुपमा २०७९ जेठ १ देखि लागू हुने गरी बिहान ९ः३० बजे र साँझ ५ः३० सम्म कार्यालय कायम गर्ने । शनिबार र आइतबार सातामा दुई दिन सार्वजनिक बिदा दिने ।’

नेपाल आयल निगम समेतको सुझावको आधारमा मन्त्रिपरिषद्मा यो विषय विचाराधीन रहेकामा हाल निर्णय गरिएको हो । यो निर्णयले पेट्रोलियम पदार्थको खपत कम हुनुका साथै यातायात जाम पनि कम हुने विश्वास सरकारको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *