हुप्सेकोट कांग्रेसकोबाट बाघी उमेदवार रानाले उम्मेदवारी फिर्ता लिने

नवलपुर । टिकट वितरणमा असन्तुष्ट भए पछि हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुप्सेकोट कांग्रेस सभापति बलबहादुर रानाले उम्मेदवारी फिर्ता लिने भएका छन ।

कांग्रेस केन्द्रिय सदस्य एवं गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली , जिल्ला सभापति महेन्द्रध्वज जिसी, कांग्रेस जिल्ला उपसभापति चन्द्रबहादुर राना, बालकृष्ण घिमिरे, जिल्ला सचिब महेन्द्र पोख्रेल , संघीय सांसद सत्यनारायण खनाल, महासमिति सदस्य भरत तिवारी सहितका नेताहरु सँग छलफल पश्चात् रानाले आफ्नो उम्मेदवारी फिर्ता लिने बताएका हुन ।

रानाले टिकट बितरणमा गाउँपालिका कार्य समितीको सिफारिसलाई लत्याईएको भन्दै उम्मेद्बारी दर्ता गराएका थिए ।

छलफलमा हुप्सेकोटमा कांग्रेसका तर्फबाट अध्यक्षकि उम्मेदवार लक्ष्मीदेवि पाण्डे, उपाध्यक्षका उम्मेदवार पुर्ण सिंहराना , कांग्रेस हुप्सेकोट सचिब आशिष रेग्मी लगाएतका नेताहरुको उपस्थित रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *