बुलिङटारमा वडा देखि पालिकासम्मका ९ जना स्वतन्त्र उम्मेदवारहरुले लिए फिर्ता

बुलिङटार
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि निर्वाचन आयोगले वैशाख ११ र १२ गते उम्मेदवारी दर्ता गराएका र फिर्ता लिन चाहनेहरूलाई आज बेलुका ५ बजे सम्म समय दिएको थियो । यसै सन्दर्भमा बुलिङटार गाउँपालिकामा वडा देखि पालिका सम्मका सबै बाघी तथा स्वतन्त्र उमेदवारहरुले आफ्नो उम्मेदवार फिर्ता लिएका छन । शुक्रबार बुलिङटार निर्वाचन अधिकृत देविप्रसाद आचार्यक अनुसार गाउँपालिका अध्यक्ष पदका लागि नेपाली कांग्रेसबाट बाघी उमेदवार चेशराम आले र उपाध्यक्ष मैन कामीले आफ्नो उमेदवार फिर्ता लिएका हुन् ।
यसै गरि वडा नं ३ का वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका चन्द्र लम्कान, दलित महिला सदस्य तारादेवी दर्जी, महिला सदस्य सुकमाया राई ,वडा सदस्य केशर बहादुर कमाल र सन्त बहादुर पुलामी वडा नं ४ बाट का वडा अध्यक्षमा स्वतन्त्र उम्मेद्वारी दिएका भरतसिंह आले, वडा नं ५ बाट दलित महिला सदस्य सन्तुमाया दमाईले आफ्नो उम्मेद्वारी फिर्ता लिएका छन ।

बैशाख ३० गते हुने स्थानिय चुनावमा बुलिङटार गाउँपालिकामा नेपाली कांग्रेसबाट अध्यक्ष पदमा शशिकिरण वास्ताकोटी र उपाध्यक्षमा दिलमाया रानाले उम्मेद्वारी दिएका छन । बास्ताकोटी यस अघि पनि अध्यक्ष पदमा विजयी भएका थिए ।

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *