चुनावी माहोलमा होमियो बुलिङटारका कांग्रेसबाट उम्मेदवार बस्ताकोटी

बुलिङटार,१९ वैशाख
स्थानीय निर्वाचन २०७९ वैशाख ३० गतेलाई लक्षित गर्दै विभिन्न दलका नेताहरु घरदैलो कार्यक्रम तथा कोण सभामा लागेका छन् । नेताहरू आफ्नो एजेन्डा सहित गाउँमा भएका विभिन्न समस्याहरुको विषय बोकेर गाउँ गाउँमै पुगेका छन् ।
यस्तै नेपाली कांग्रेसबाट बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा उम्मेदवार रहनु भएका शशिकिरण बस्ताकोटीे ठाउँठाउँमा घरदैलो तथा कोण सभा कार्यक्रममा होमिनु भएको छ । सोमबार वडा नं ४ बोझापोखरी स्थित आफ्नो घोषणापत्रमा उल्लेखित योजनाहरु बोक्दै घरदैलो कार्यक्रममा सहभागीता जनाउनुभएको हो । कार्यक्रममा योजनाहरु मात्र नभई गाउँठाउँका समस्यहरुको विषयलाई सम्बोधन गरि उक्त समस्यहरुलाई जरैबाटै उखेल्न प्रमुख भुमिका खेल्ने नेपाली कांग्रेसले मात्र गर्न सक्ने गाउँपालिकाका अध्यक्ष उम्मेदवार बस्ताकोटीले बताउनुभयो ।
सोमबार दिउँसो पोखरीबाट बोझा पोखरीसम्मको बृहत र्याली सहितको कार्यक्रममा मुख्यतः शिक्षाको उच्च गुणस्तर, तथा प्राविधिक शिक्षामा जोड, स्वास्थमा गुणस्तर सेवा, कृषिमा अनुदान, पर्यटन तथा विकासमा जोड, बाटो तथा सडक निर्माण रहने बस्ताकोटीले बताउनुभयो ।
यो भन्दा अघिको कार्यकालमा पनि आफै अध्यक्ष भएकाले आफ्नो पहिलो कार्यकालमा केही विकासका पुर्वाधारहरुको कामहरु चुलिबोझामा गरिसकेको बताउनु भयो । उहाँले सँस्कृति संरक्षण, चुलिबोझामै रहेका गाउँपालिकाकै एक मात्र मगर सामुदायिक होमस्टे लगायतका विषयहरुको सम्बोधन रहने बताउनु भयो ।
बस्ताकोटीले समग्र बुलिङटारको विकास, समृद्धि, शुसासन, जनताको गुणस्तरीय जीवन यापनमा आफू सदैव लागिरहेकोे बताउनुभयो । उहाँले स्थानीय जनतासंग अब पाँच वर्षसम्म जनताहरुकै सेवा गर्ने अवसर माग्नु भएको थियो ।
यसैगरि स्थानीय हेम बहादुर बराल मगरले प्रदेश र स्थानीय तहमा नेपाली कांग्रेसको नेतृत्व भएकाले आफूहरुलाई विकासको मागमा सहज र आफूहरु स्थानीय सरकारसंग सन्तुष्टि भएको बताउनु भयो ।

कोण सभा कार्यक्रममा अध्यक्ष उम्मेदवार बस्ताकोटी सहित उपाध्यक्ष पदका उम्मेदवार दिल मायाँ राना मगर, वडा नं ४ का वडा अध्यक्ष पदका उम्मेदवार मिन बहादुर आले लगायत वडा सदस्यका उम्मेदवारहरु, नेपाली कांग्रेस बुलिङटारका सभापति ओमकुमार श्रेष्ठ, कांग्रेस नेता पदमराज गिरी, पार्टी सचिव प्रदिप कण्डेल, कांग्रेस नेता डोलराज पाण्डे निवर्तमान वडा अध्यक्ष तथा वडा पार्टी सभापति चेत बहादुर गोदामी सहितका स्थानीयहरुको बृहत उपस्थिती रहेको थियो ।
आइतबार देखि शुरु भएको घरदैलो तथा कोण सभा कार्यक्रम वडा नं ५ राइकोटमा गरिएको थियो भने भोली मंगलबार बिहानदेखि कोट्थरमा हुने बुलिङटार कांग्रेस सभापति ओमकुमार श्रेष्ठले बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *