बौदिकालि। नेपाली कंग्रेस बाैदिकालि गाउँ पालिकाले चुनावि अभियान अाज पनि जारि राखेको छ । गाउँपालिकाकाे विभिन्न वडाहरुमा चुनावी अभियानलाई जारि राख्ने क्रममा गाउँपालिका अध्यक्षका उम्मेदवार केवि राना मगरले अाज वडा नम्बर ५ बाेबाेकका विभिन्न स्थानका मतदाताहरु समक्ष पुगि सुझाव संकलन गर्नुभएको छ । दुर्गम गाउँकाे मुहार फेर्न अाफु लागिपरेको बताउनुहुदै गाउँपालिका अध्यक्षका दावेदार रानाले घरदैलो तथा चुनावी सभामा संकलन गरिएका मतदाताहरुकाे सुझावलाई अात्मसात गरि अगाडि बढ्ने बताउनुभयो । चुनावी अभियानमा मतदाता समक्ष अाफुले जनाएका प्रतिबद्धतालाई पूरा गर्ने एउटै माध्यम अाफ्नाे जित भएकोले विभिन्न विकासका याेजनालाइ कार्यान्वयन गरि गाउँलाई समृद्धि तर्फ अगाडि बढाउनैका लागि अाफुलाइ साथ दिन अाम मतदातालाइ रानाले अाग्रह गर्नुभयो । विहानकाे झिसमिसे देखि वेलुकि अवेरसम्म मतदाताको सुख्ख दुख्ख बुझ्दै भलाकुसारि गर्नुभएका अध्यक्षका उम्मेदवार केवि रानालाइ मतदाताहरुले फुलमाला लगाइ स्वागत गरेका थिए । यसैक्रममा गाउंका अधिकांश मतदाताहरु शिक्षाबाट बञ्चित रहेकोले मतदान शिक्षा दिनुपर्ने अावश्यक रहेको उनिहरुले बताएका छन ।
Related Posts
गाडी तोडफोड भएपछि निर्वाध रूपमा प्रचारप्रसार गर्ने वातावरण सृजना गर्न आयोगको आग्रह
- Bulingtarnews
- २७ कार्तिक २०७९, आईतवार १४:३०
- 0
काठमाडौं, कार्तिक २७ निर्वाचन आयोगले सबै राजनीतिक दल एवं सबै उम्मेदवारलाई निर्वाध रूपमा प्रचारप्रसार गर्ने […]
कांग्रेसलाई सय सिट नदिए माओवादी र समाजवादीका उम्मेदवारलाई चुनाव जित्न गार्हो हुन्छ, नेता कोईराला
- Bulingtarnews
- ११ भाद्र २०७९, शनिबार ०३:४०
- 0
नवलपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य […]
‘उम्मेदवार क्लब’ मार्फत् रास्वपाले उम्मेदवार छान्नेछ ः महामन्त्री ढकाल
- Bulingtarnews
- १७ मंसिर २०८०, आईतवार ०३:१५
- 0
देवचुली,चारबर्ष पछि २०८४ सालमा हुने निर्वाचनमा उम्मेदवार बन्नका लागि राष्ट्रिय स्वतन्त्र पार्टीले उम्मेदवार क्लब गठन […]