हुप्सेकोट गाउँपालिका अध्यक्ष उम्मेद्बार पाण्डेमाथी एमालेको आक्रमण ः सवार गाडी क्षतविक्षत ।

नवलपुर
पुर्बी नवलपरासीको हुप्सेकोट गाउँपालिकामा नेपाली काङ्ग्रेसको तर्फबाट अध्यक्ष पदकी उम्मेद्बार लक्ष्मी देबि पाण्डे माथी आक्रमण भएको छ ।
हुप्सेकोट वडा नम्बर ४ स्थित झ्यालबासको चुनाबी कार्यक्रम सकेर निवास फर्कदै गर्दा २० गते राती १० बजे अध्यक्ष पाण्डे चढेको ग ३ च १६०६ नम्बरको स्कारपियो गाडीमा चोक चोकमा बसेका नेकपा एमालेका कार्यकर्ताले ढुङ्गा प्रहार गरेको पाण्डेले बताईन ।
आक्रमणको डरले निवास जान नसक्ने अवस्था देखेपछी स्थानिय कार्यकर्ता मीन बहादुर कुमालको घरमा शरण लिन जाँदा त्यहाँपनि आक्रमण गरिएको पाण्डेले बताईन । “म कार्यक्रम सकेर फर्कदै थिए निरन्तर ढुङ्गा प्रहार गरियो । निवास जान नसक्ने अवस्था भए पछि स्थानिय कार्यकर्ताको घरमा शरण लिन पुगे, त्यहाँ पनि निरन्तर आक्रमणको सिकार भईरहें ।”
“पाण्डे भन्छिन, हार मानसिकताका कारण आक्रमण गरियो । ” पाण्डेलाई शरण दिएका नेपाली काङ्ग्रेसका कार्यकर्ता मीन बहादुर कुमालका अनुसार नेकपा एमालेका तर्फबाट वडा नम्बर ०१ का वडा अध्यक्षका उम्मेद्बार लाल बहादुर शेरपुजाको नेतृत्वमा एमालेका कार्यकर्ताहरु हुल बाधेर आएका थिए ।
“एमाले कार्यकर्ताहरु ज्यान मार्ने उदेश्यले आएको जस्तो देखिन्थ्यो,अनुनय बिनय गर्दा पनि उनिहरु रोकिएनन” कुमाल भन्छन “स्थिती नियन्त्रण बाहिर थियो । ”
गाडीमा अध्यक्ष पदकी उम्मेद्बार पाण्डे सहित उपाध्यक्ष पदका उम्मेद्बार पुर्ण सिं राना समेत थिए । अहिले दुबैको कावासोती स्थित कालिगण्डकि अस्पतालमा उपचार भईरहेको छ ।
काङ्ग्रेस हुप्सेकोटका सभापति बलबहादुर रानाले निर्वाचनमा हार निस्चित देखेपछी एमाले आक्रमणमा उत्रिएको बताए । उनले घटनाको भत्सना गर्दै कानुनी उपचार खोजिने जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *