गाउँको विकासको लागी आफुलाइ साथ दिन कांग्रेस बौदीकाली गाउँपालिकाका उम्मेदवार रानाको मतदातालाई आग्रह

बौदिकालि ।स्थानिय तहको निर्वाचन आउन केही दिन मात्र्रै बांकी रहदा उम्मेदवारहरुलाइ मतदाता समक्ष पुग्न भ्याइनभ्याइ छ । विहान झिसमीसे देखि बेलुकी अवेर सम्म उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगी उनिहरुको दुख्ख सुख्खमा सहभागि हुदै मत आफनो पक्षमा पार्न तल्लीन देखिएका छन । विशेषगरी भौगोलिक विकटता रहेको पहाडि क्षेत्रका उम्मेदवारहरुलाइ मतदाता भेटन एक वडा बाट अर्को वडामा पुग्न घण्टौ लाग्ने गरेको छ ।
एकातिर बैशाख महिनाको चर्को घाम अर्कोतिर विकट बाटोलाइ छिचोल्दै आफनो जन्मथलो दुर्गम गाउंको मुहार फेर्ने अभिलाषा सहीत बौदीकाली गाउंपालिका अध्यक्षका उम्मेदावर केवि राना बडो उत्साहका साथ लागीपरेका छन् । उनि विहान सुर्य उदाउनु अगाडि देखि बेलुकी अवेरसम्म आफनो जन्मथलोको चिरपरीचित बाटो, दोबाटो, पाटिपौवा, पंधेरी, भञ्ज्याङ, चौतारी र वनपाखा पार गर्दै गाउंलाइ विकासको बाटो संग जोडन कम्मर कसेका छन् ।
आफु सानो छदा आफुले देखेका र भोगेका कष्टकर भोगाइहरुलाइ अव आउने भावि पिढीबाट टाढा पन्छाउने सपना देखेका उनले त्यसलाइ पुरा गर्न सबैलाइ साथ दिन आग्रह गरीरहेका छन यतिवेला ।
गाउंका युवा सुरक्षीत भविष्य खोज्न गाउं नै रीत्तिने गरी विदेशीन नपारोस, गुणस्तरीय शिक्षाको लागी साना बालबालिकाहरु जन्मीएको आगन टेक्न नसीक्दै शहर झर्न नपरोस, गाउंमा दिनप्रतिदिन बांझो बन्दै गएको जमीनमा बैज्ञानिक प्रणालीद्धारा खेति गर्न सकीयोस, गाउंमा उत्पादन भएका कृषी उपजलाइ सजीलै बजार पुराउन सकीयोस, जेष्ठ नागरीकलाइ सहज रुपले सुरक्षा भत्ता उपलव्ध होस, जस्तो सुकै रोगव्याधि लाग्दा सवै वर्गले सस्तो र गणस्तरीय सेवा प्राप्त गर्न सकोस, गाउंलाइ विकासको बाटोमा जोड्न सबैभन्दा अपरीहार्य रहेको बाटोघाटो निर्माण गर्न सकीयोस यस्ता धेरै कुरा पुरा गर्न बौदिकाली गाउपालिकाका विकासवादी युवा केवि राना मगर गाउपालिका अध्यक्ष उम्मेदवारको दावेदार रहेका छन् ।
गाउंको विकासको लागी सधै समाचार लेख्ने क्रियाशिल पत्रकार राना अहीले राजनिति होमीएर आफै गाउको विकास गर्न उनि घरदैलो गर्दै हरेक मतदाता समक्ष पुगी आफना योजना र सपना सबैलाइ अवगत गराइरहेका छन् ।
यसैक्रममा नेपाली कग्रेस गाउंपालिकाका अध्यक्षका उम्मेदवार राना आज बौदीकाली गाउपालीका वडा नम्बर ३ रकुवा, अलटार लगाएतको चुनावी सभा तथा घरदैलो अभियान मार्फत मतादाता समक्ष पुगेका छन् । रकुवाको विभिन्न स्थानमा पुगी मतदाताहरुको सुझाव संकलन गदै गाउंको मुख्य समस्यालाइ सम्बोधन गर्ने र गाउंबासीको चहाना अनुरुप आफु अगाडि बढने रानाले मतदाता समक्ष प्रतिवद्धता जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *