भोट माग्न हिडेका उम्मेदवारहरुलाई अगरबत्ती बनाउने तालिम देखि लालपुर्जा सम्मको माग

बुलिङटार, २३ वैशाख । स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते नजिकिए संगै वडा देखि पालिकासम्मका उम्मेदवारहरु घरघरमा तथा टोलटोलमा भोट माग्दै हिडेका छन् । उम्मेदवारहरु आफ्नो पाटीको नेतृत्वमा स्थानीय सरकार बनाउन कस्सिएका छन् ।

यसैक्रममा बुलिङटारमा पनि विभिन्न पाटीका नेताहरु घरदैलोलाई तिव्र दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहनु भएका शशिकिरण बस्ताकोटीको टोलीलाई स्थानीयहरुले अगरबत्ति बनाउने तालिम देखि लालपुर्जासम्मका माग राखेका छन् । बिहिवार घुमाउरी टोलमा भएको कोणसभा कार्यक्रममा स्थानीयहरुले यस्तो माग राखेका हुन् । कार्यक्रमलाई सम्बोधन गर्दै “घुमाउरीका केही जनताहरु अहिलेसम्म सुकुम्बासी भएर बस्नुपरेको छ, अहिलेसम्म सुरक्षित बासको सुविधा छैन, आफ्नो नम्बरी जग्गा जस्तो हुदैन आइलेनी जग्गा, अब हामिलाई लाल पुर्जा दिलाईदिनु पर्यो” एक स्थानीयले भने ।
यसै गरि जनताहरुलाई अगरबत्ति बनाएर बेचि आफ्नो जिविकोपार्जन गर्न सक्ने सम्मको क्षमता बनाउने उदेश्यले यस्तो माग राखेको घुमाउरीका स्थानीयहरुले बताए ।

 

स्थानीयहरुलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष पदको उम्मेदवार रहनु भएका बस्ताकोटीले शिक्षा, स्वास्थ्य, कृषि, सडक आदिको योजनाहरु आफुले घोषणपत्रमा उल्लेख गरिएको बताए । यसै गरि पर्यटन तथा धार्मिक स्थलको सम्भावना बोकेको स्थल भएकाले पर्यटन प्रवद्र्धनको विकासमा आफूहरुको प्रमुख भुमिका रहेको बस्ताकोटीले बताउनु भयो ।

गाउँपालिका प्रमुख पदको उम्मेदवार बस्ताकोटीले भन्नु भयो “लाल पुर्जा स्थानीय तहले अरु विकासको योजनामा जस्तो बाड्न मिल्दैन, यो केन्द्रबाटै नापी खुलेर आउने हो ।” उहाँले थप्नु भयो “लालपुर्जा केन्द्रबाट दिने हो भन्दै गर्दाखेरी स्थानीय तहको सरकारले केहि गर्दैन भनेको हैन, म तपाइहरुको लागि पहल गर्नेछु र लालपुर्जा तपाइहरुकै हातमा हुनेछ ।”

यसैगरि उपाध्यक्ष पदको उम्मेदवार रहनुभएका दिल माया राना मगर, वडा नं ६ का वडाध्यक्ष पदका उम्मेदवार मोहोन राज पाठक लगायत वडा नं ६ का वडासदस्य पदको उम्मेदवार हरुको टोलीले वडा नं ६ का प्रत्येक टोलटोलमा तथा घरघरमा घरदैलो गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *