भोट मात्र हैन विकासका योजना पनि बटुल्दै अध्यक्ष पदका उम्मेदवार बस्ताकोटी

बुलिङटार/नवलपुर
बुलिङटारको वडा नं.३ बाहेक सबै वडा र वडाका टोलहरुमा घरदैलो सकाएको नेपाली काँग्रेस बुलिङटार चुनाव प्रचार प्रसार समितिले अरुका भन्दा फरक तरिकाले जनता माझ गएका छन् । चुनावी घोषणा पत्र सबैले बनाएका छन् तर अध्यक्ष र उपाध्यक्षको घरदैलो समूहले जनताका गुनासो र समस्या टिपोट गरी समाधानका उपाए सहित विज्ञको टोली नै लिएर घरदैलो गरेको छ । पूर्व इकाइ प्रमुख डोलराज पाण्डे सहितको टोली उम्मेदवारसँगै घरदैलोमा पुगेर नेपाली काँग्रेसको चुनाव चिन्हमा मत मागिरहका छन् । संकलन भएका आफुले गर्न सक्ने र घोषणा पत्रमा उल्लेख भएका कुराहरु पुरा गर्ने प्रतिवद्घता पनि व्यक्त गर्दै उम्मेदवारहरु जनताको मन कसरी जित्न सकिन्छ त्यस अभियान तर्फ लागेका छन् । जनताले लिखित रुपमा पनि उम्मेदवारहरुलाई आफ्ना मागहरु प्रस्तुत गरेका थिए ।
अघिल्लो कार्यकालमा बुलिङटार क्षेत्रमा जनताका सामान्य समस्या देखि पालिकाले गर्न सक्ने सम्पूर्ण काम उम्मेदवारले गरेका कारण पूनः जनताले नेपाली काँग्रेसको चुनाव चिन्ह रुखमा नै मत दिएर पुन विजय गराउनेछन् भन्ने कुरा बुलिङटार गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष पदका उम्मेदवार मोहन पाठक दावि गर्नुहुन्छ ।
गत स्थानिय तहको निर्वाचनमा नेपाली काँग्रेसले ३२ ओटा नै पदमा विजय प्राप्त गरेको थियो ।
बुलिङटार वडा नं. ६ का जनताले अध्यक्षका उम्मेद्वार शशिकिरण बस्ताकाेटि र उपाध्यक्ष पदका उम्मेद्वार दिलमाया राना समक्ष प्रहरी विट स्थापना गर्नुपर्ने, हो स्टेलाई व्यवस्थित रुपमा स्थापना गर्ने, घुमारीघाटको मन्दिरको निमार्ण, नाला सहितको ग्रावल बाटो लगायत निशुल्क शिक्षा र रोजगार मुलक सिपको आवश्यकता रहेको भनि उम्मेदवारहरुलाई जानकारी गराएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *