मतदाताहरुको आशा र भरोसाको रुपमा सधै आफु उभिने ː सुर्य गुरुङ

कमला राना मगर
बैशाख २४, शनिबार मध्यविन्दु नगरपालिका
“जे बोल्छौ त्यो गर्छौ जे गर्दैनौ त्यो बोल्दैनौ” पुर्व प्रधानमन्त्री एंव नेपाली कग्रेसका नेता स्व. गिरीजा प्रसाद कोइराला को भनाइलाइ आत्मसात गर्दै मध्यविन्दु नगरपालिका मेयर पदका नेपाली कग्रेसका उम्मेदवार सुर्य गुुरुङ यतिवेला मतदाताको घरदैलोमा पुगीरहेका छन । स्थानिय तहको निर्वाचन आउन अव केही दिन मात्रै बांकि रहदा मेयर पदका उम्मेदवार गुरुङ मध्यविन्दु नगरपालिकाको विभिन्न वडाहरुको मतदाताहरुको गुनासो सहीतको सल्लाह सुन्न व्यस्त रहेका छन् ।
प्रष्टवतmा गुरुङले आफु कुरामा भन्दा काममा विश्वास गर्ने बताउनुहुदै लोक कल्याणकारी, आर्थिक तथा समाजिक विकास सहीतको नगर, भ्रष्टचार रहीत सुशासन र समाजिक जिम्मेवारी बोध सहीतको उद्यमशिलता, सहकारी र सामाजिक परिचालनको उर्जालाइ व्यापक रुपमा उपयोग गर्दै समृद्ध नगरपालिका बनाउने स्पष्ट योजनाका साथ मेयर पदमा आफनो उम्मेदवारी रहेको बताएका छन ।
नगरपालिकामा गुणस्तरीय शिक्षा, पर्यापर्यटन, बाटो, युवा स्वरोजगार सहीत घरघरमा जेष्ठ नागरीकहरुलाइ सामाजिका सुरक्षा भत्ता उपलव्ध गराउने दावि गर्दै गुरुङले सुकुम्बासी समस्या समाधान, आदिबासी जनजातिको हकहितलाइ सम्बोधन गर्दै मतदाताहरुको आशा र भरोसाको रुपमा सधै आफु उभिने बताएका छन् ।
मेयर पदका उम्मेदवार गुरुङले आज मध्यविन्दु नगरपालिकाको वडा नम्बर १४को रातमाटा र वडा नम्बर १२ को नयां बेलहानि, तमासपुर र भुपुमा आयोजित चुनावी कोणसभालाइ सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *