कमला राना मगर।बैशाख २६, मध्यविन्दु
मध्यविन्दु नगरपालिका वडा नम्बर १२ का वडाध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार कुल बाहादुर गुरुङ आफुले पहीलो कार्यकालमा गरेका अधुरा कामलाइ पुरा गर्ने प्रतिवद्धता सहीत चुनावी अभियानमा लागीपरेका छन् । विगतको पांचवर्षमा जनताको इच्छा र आवश्यकता अनुसार विकासको गतिमा आगाडि बढेका गुरुङले वडा स्तरीय धेरै राम्रा काम गर्न सफल भएका छन् ।
पहीलो कार्यकालमा गरेका राम्रा कामलाइ थप निरन्तरता दिने र अधुरा विकासका काम पुरा गरी वडालाइ दिगो विकासको गतिमा बढाउने दृढ संकल्प सहीत वडाध्यक्षको पदमा उम्मेदवारी दिएका गुरुङ मतदाताको घरदैलोमा पुगी पुनː आफुलाइ जिताउन अपिल गरेीरहेका छन ।
वडामा रहेको हरेक टोललाइ पक्की बाटो, पानि, विजुली, शिक्षा, स्वास्थ्य लगाएत आधारभुत विकासका पुर्वाधारहरुको पहुचसंग जोडन सफल भएका गुरुङ यसैपटक एकैपटक आफुलाइ मतदान गरी फेरी वडाबासीको सेवाको लागी आफुलाइ साथ दिन मतदाताहरुलाइ आग्रह गरेका छन ।
आगामी कार्यकालमा बैज्ञानिक कृषि प्रणाली लागु गर्ने, सरकारी विद्यालयका बालबालिकालाइ शैक्षिक सामाग्री निशुल्क गर्ने, जंगली जनावर नियन्त्रण गर्ने, जेष्ठ नागरीक सचेतना केन्द्र स्थापना गर्ने, बालबालिका तथा महिला हकहितको लागी विभिन्न कार्य गर्ने र स्वास्थ्य विमा लागु गर्ने लगाएतका मुख्य एजेण्डाहरु पुरा गर्ने गुरुङले मतदाता समक्ष प्रतिवद्धता जनाएका छन ।
वडाबासीहरुको साथ र हौसला प्राप्त गरेका गुरुङले नेपाली कांग्रेसको जितबाट मात्रै समग्र वडा बासीको हित हुने बताउदै रुख चिन्हमा मतदान गरी फेरी पनि आफुलाइ वडाबासीको सेवा गर्ने मौका प्रदान गर्न अनुरोध गरेका छन ।