कावासोति ८का विभिन्न पार्टि परीत्याग गरी १२ जना महिलाहरु नेपाली कांग्रेसमा प्रवेश

कमला राना मगर , बैशाख २६ सोमबार
कावासोति नगरपालिका वडा नम्बर ८ मा आज विभिन्न पार्टि परीत्याग गरी १२ जना महिलाहरु नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । एक कार्यक्रमका विच विभिन्न पार्टि परीत्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेका महिलाहरुलाइ प्रदेश ससंद ओमकला गौतमले फुलमाला अविर लगाइ स्वागत गर्नुभएको छ ।
स्वागत कार्यक्रममा बोल्नुुहुदै संसद गौतमले नेपाली कांग्रेसले महिला दिदिबहिनीहरुको हकहित र अधिकार सुनिश्चतको लागी विशेष जोड दिने बताउनुहुदै एकल र असहाय महिलाहरुको जिविकोपार्जनको लागी नेपाली कग्रेसले सदैव पहल गर्दै आइरहेको बताउनुभयो ।
संसद गौतमले सबै किसिमको महिला हिंसा अन्त्य गर्नको लागी नेपाली कग्रेसले अग्रणी भुमिका खेलेको बताउनुहुदै हरेक वर्ग र तह तप्काका महीलाहरुलाइ समेटदै कग्रेस अगाडि बढने बताउनुभयो ।
यसैगरी कावासोति नगरपालिका वडा नम्बर ७ को विभिन्न स्थानमा नेपाली कांग्रेसले आज विशाल र्याली सहीत घरदैलो तथा कोण सभा सम्पन्न गरेको छ । थारु समुदायको भेषभुषा सहीत सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका संसद ओमकला गौतमले सम्बोधन गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *