डलर र एकबोरा चामलमा नविक्न मतदातालाइ बौदीकाली गाउंपालिका अध्यक्ष पदका उम्मेदवार रानाको अनुरोध

बौदीकाली, २६ वैशाख।नेपाली कांग्रेस बौंदीकाली गाउंपालिकाले आज बृहत र्याली सहीत वडा स्तरीय आमसभा सम्पन्न गरेको छ । गाउंपालिकामा आयोजित वडा स्तरीय आम सभा तथा विभिन्न स्थानमा सम्पन्न चुनावी अभियानलाइ नेपाली कांग्रेसका केन्द्रीय सदस्य विनोद चौधरी, गण्डकी प्रदेश महामन्त्री विष्णु लामीछाने, जिल्ला सभापति महेन्द्रध्वज जिसी लगायत बौदीकालि गाउंपालिकाका अध्यक्ष पदका नेपाली कांग्रेसका उम्मेदवार केवि रानाले सम्बोधन गर्नुभएको छ ।
चुनावी कार्यक्रमलाइ सम्बोधन गर्नुहुदै केन्द्रीय सदस्य विनोद चौधरीले बौदिकाली गाउंपालिकाको विकास नेपाली कांग्रेसको जित पछि मात्रै सुनिश्चित हुने बताउनुभएको छ । गाउंपालिकाको डेडगाउंमा उच्च शिक्षाको लागी क्याम्पस स्थापना गर्ने र औषधीउपचारको लागी सुविधा सम्पन्न अस्पताल खोल्ने साथै युवा स्वरोजगारको लागी पहल गर्ने कांग्रेसको योजना रहेकोले सम्पुर्ण योजना र सपना पुरा गर्न गाउंपालिकाका अध्यक्ष पदका उम्मेदवार केवि रानालाइ मत दिइ जिताउन केन्द्रीय सदस्य चौधरीले आग्रह गर्नुभयो ।
उद्योगपति समेत रहनुभएका चौधरीले गाउंपालीकामा नेपाली कांग्रेसले शुरु गरेको विकासको पुर्वाधारहरुलाइ नेपाली कांग्रेसले नै निश्चित गन्तव्यमा पु¥याउने दावि गर्नुहुदै गाउंघरका युवाका सपनालाइ योजना र पुंजीसंग जोडन नेपाली कग्रेसको मुख्य निति रहेको बताउनुभयो ।
यसैगरी कार्यक्रममा बोल्नुहुदै अध्यक्ष पदका उम्मेदवार केवि राना मगरले डलर र एकबोरा चामलमा नविक्न मतदातालाइ अनुरोध गर्नुभएको छ । समग्र गाउंपालिकाको दिगो विकासको खाका कोर्ने आफुले देखेको सपना पुरा गर्नको लागी मतदातालाइ साथ दिन रानाले आग्रह गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *