” दुर्गम वडालाई सुगम वडा र उत्कृष्ट नमुना वडा बनाउन मेरो वडाअध्यक्ष पदको उम्मेदार – अर्जुन कुमार बाचे मगर “

झबिन्द्र खण्डलुक मगर
बैशाख- २६। ने.क.पा एमाले र राष्ट्रिय प्रजतन्त्र पार्टिका तर्फबाट गैडाकोट नगरपालिका वडा नं ३ मा वडा अध्यक्ष पदका उम्मेदार अर्जुन कुमार बाचे मगरले गैडाकोट नगरपालिका वडा नं ३ गैडाकोट नगरपालिका भित्रको एउटा दुर्गम वडा रहेकाले यस वडालाई शिक्षा, स्वास्थ्य, खानेपानी, यातायात तथा अन्य बिकासका पूर्वधार जस्ता आधारभुत र अनिवार्य बिकास काम गरि दुर्गम वडालाई सुगम वडा र उत्कृष्ट नमुना वडा बनाउन आफ्नो वडा अध्यक्ष पदको उम्मेदारी रहेको बताउनु भएको छ । वडा अध्यक्ष पदका उम्मेदार बाचे मगरले राजनीतिक पार्टि भन्दा माथि उठेर जनताको हितका लागि काम गर्ने बताउनु भयो ।

गैडाकोट नगरपालिका वडा नं ३ भौगोलिक दृष्टीले योग्य भुमि भएकाले कृषि क्षेत्रमा यहाका जनसमुदायलाई आत्मानिर्भर बनाउनका लागि सिंचाईका पूर्णरुपमा व्यवस्था गर्ने र पशुपालनका लागि उपयुक्त क्षेत्र भएकाले व्यावसायिक र आधुनिक पशुपालनको व्यवस्था गर्ने उहाले बताउनु भयो । वडा नं ३ मा विशेष गरि आदिवासी जनजाती समुदायको बाहुल्यता रहेकाले ती जनसमुदायको भाषा, धर्म, भेषभुषा, परम्परा र सांस्कृतिलाई जगेर्ना गर्दै वडा भित्र जनजाती मगर, गुरुङ्ग, भुजेल, दलित र अन्य खस ब्राम्हण क्षेत्री समुदायको समाबेशी प्रतिनिधित्व गराउदै समानता कार्यमा नेतृत्व गर्ने, खेलप्रेमी युवाहरुलाई खेलकुदमा प्रोत्साहन गर्दै वडालाई भ्रष्टाचार मुक्ता बनाउने लक्ष्य रहेको उहाले बताउनुभएको छ । सुकुम्वासीहरुको समुचित व्यवस्थापन, एकल महिला, बेरोजगार युवायुवती सबैलाई सीपमुलक तालिमको व्यवस्था गर्दै महिलाहरुको जीवनस्तरमा आमूल परिवर्तन गर्ने, वडामा पर्यटकीय गन्तब्यको रुपमा अघि बढाउन सामुहिक होमस्टेको सुरुवाट गर्ने, वडा नं ३ ढोडेनीमा रहेको शहरी स्वास्थ्य क्लिनिकको स्वास्थ्य सेवामा थप स्तर वृद्दि गर्दै यसको सेवा हर्दि, भोक्रोफाँट, केलाडी, तात्रीबास, मार्के, बेशारडाँडा भौगोलिक दुरीले टाढा रहेका टोल-टोलमा निशुल्का स्वास्थ्य शिविरको प्रवन्ध मिलाउदै वडालाई सुगम वडा र उत्कृष्ट वडा बनाउने अर्जुन कुमार बाचे मगरले बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *