बुलिङटार १ मा नेपाली कांग्रेसबाट वडाध्यक्ष उम्मेदवार सुर्यबँशी पुन; निर्वाचित

बुलिङटार ३१, वैशाख
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. १ मा नेपाली कांग्रेसका उम्मेदवार दिल बहादुर सुर्यबंशी पुन निर्वाचित हुनु भएको छ । उहाले जम्मा १४७० खसेको मतमा ७७३ मत ल्याई निर्वाचित हुनुभएको हो । सुर्यबंशीले १७२ मतको अन्तरमा विजयी हुनुभएको हो ।

शुर्यबंशी संगै नेपाली कांग्रेसबाट महिला वडा सदस्य पदका उम्मेदवार रहनु भएका कमल अस्लामी मगरले ७३१, दलित महिला सदस्य पदका उम्मेदवार थमिसरा वि.क. ले ७४४, खुल्ला सदस्य पदका उम्मेदवार कान्ता बहादुर आले ७३० र लाल बहादुर गरञ्जा मगरले ७३८ ल्याई निर्वाचित हुनु भएको छ ।

सुर्यबंशीका निकटतम प्रतिस्पर्धी नेकपा एमालेबाट उम्मेदवार रहनुभएका खेम बहादुर डिसुवा मगरले ६०१ मत पाउनु भएको थियो ।

 

यसैगरि वडा नं. १ को अन्तिम नतिजा अनुसार नेकपा एमालेबाट उम्मेदवार रहनुभएका दिपेन्द्र सुनारी मगरले ७४४ प्राप्त भएसंगै उपाध्यक्ष पदका उम्मेदवार कोपिला खण्डलुक मगरले ६१७ प्राप्त गर्नुभएको छ ।

 

यस संगै नेपाली कांग्रेसका तर्फबाट उम्मेदवार रहनुभएका शशिकिरण बस्ताकोटीले ६४४ र उपाध्यक्ष पदका उम्मेदवार दिलमाया राना मगरले ७३६ मत प्राप्त गर्नुभएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *