एमालेको उम्मेदवार २८ वर्षीय इञ्जिनियर बुलिङटार गाउँपालिकाको अध्यक्षमा र कांग्रेस उम्मेदवार उपाध्यक्षमा राना मगर निर्वाचित

नवलपुर । नवलपरासी पूर्व नवलपुरको बुलिङटार गाउँपालिकाको अध्यक्ष पदमा नेकपा एमालेका उम्मेदवार बिजयी हुनुभएको छ । एमालेको तर्फबाट गाउँपालिका अध्यक्ष पदको उम्मेदवार बन्नु भएका २८ वर्षीय दिपेन्द्र सुनारी मगर गाउँपालिका अध्यक्ष पदमा निर्वाचित हुनु भएको हो ।

बुलिङटार गाउँपालिकालाई नवलपुरमा कांग्रेसको किल्लाको रुपमा लिने गरिन्छ । यस अगाडीको स्थानीय तह निर्वाचनमा बुलिङटारको अध्यक्ष, उपाध्यक्ष सहित वडा अध्यक्ष, सदस्य सबै पदमा कांग्रेसका उम्मेदवार बिजयी भएका थिए । सुनारीले नेपाली कांग्रेसका उम्मेदवार शशिकिरण बस्ताकोटीलाई एक सय ५९ मतले पराजित गर्नु भएको हो । उहाँ निवर्तमान गाउँपालिका अध्यक्ष समेत हुनुहुन्थ्यो । पूर्व सांसद दामोदर बस्ताकोटीको छोरा समेत रहनु भएका उहाँ कांग्रेस नेता शशांक कोइरालाको रुचिमा गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवारमा दोहोरिनु भएको थियो ।

अध्यक्ष पदमा सुनारीले ४०५९ मत प्राप्त गर्नु भएको छ भने बस्ताकोटीले ३९०० मत प्राप्त गर्नु भएको थियो । गाउँपालिका उपाध्यक्षमा भने नेपाली कांग्रेसकी दिलमाया राना ४२३९ मत प्राप्त गर्दै बिजयी हुनु भएको छ । एमालेको तर्फबाट पालिका उपाध्यक्ष पदको उम्मेदवार भुमिका खण्डलुकले ३५१९ मत प्राप्त गर्नु भएको थियो । गाउँपालिका अध्यक्ष पदमा निर्वाचित सुनारीले मेनानिकल इञ्जिनियरिङ्गमा स्नाकत्तोर तह सम्मको अध्ययन गर्नु भएको छ ।
ध्चष्तभ तय त्ष्चतजब च्बव

Leave a Reply

Your email address will not be published. Required fields are marked *