नवलपुरमा निर्वाचन अधिकृत पौडेलद्धारा पत्रकारहरु माथि अभद्र व्यवहार

१ जेठ , नवलपुर ।
नवलपुरको गैडाँकोट नगरपालिका खटिएकी निर्वाचन अधिकृत दिपशिखा मुनाकमी पौडेलले आफ्नो फेसबुक मार्फत पत्रकारहरुलाई तुच्छ शब्दले इंगित गरि गालिगलौज गरेको घटना प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा नवलपुरको गम्भिर ध्यानाकर्षण भएको छ । महास.घले आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त घटनाको गम्भिर ध्यानाकर्षण गराएको हो । स्थानीय तहको निर्वाचन २०७९ लाई सफल बनाउन दिन रात नभनि खटिएका पत्रकारहरुलाई यस अघि पनि अभद्र व्यवहार गर्ने र निर्वाचन सम्वन्धी समाचार संकलनमा समेत सहजिकरण नगरेको भनि कही दिन अघि पटक पटक आएका गुनासोहरुलाई मौखिक रुपमा अनुरोध गरि केहि सहज बनाइएको थियो । तर अधिकृत पौडेलले पुनः आफ्नो फेसवुक मार्फत पत्रकारहरुलाई लक्षीत गरि तुच्छ शव्दले गालि गर्नाले निज दिपशिखा मुनाकमी पौडेल को कृयाकलाप वाट सिंगो सञ्चार जगत दुखि भएको विज्ञप्तीमा भनिएको छ । जनतालाई सहि सुचना दिन दिनरात नभनि आफ्नो कार्यमा खटिने पत्रकारहरुको मानमर्दन हुने गरि गरिएको उक्त कृयाकलापको नेपाल पत्रकार महासंघ जिल्ला शाखा घोर निन्दा र भत्सना गर्दछौ । नेपाल सरकारको जिम्मेवार निकायमा कार्यरत सार्वजनिक पदधारण गरेको व्यक्तिवाट भएको यस्तो किसिमको कृयाकलाप प्रति नेपाल पत्रकार महासंघ जिल्ला शाखा मौन वस्न नसक्ने स्पष्ट पार्दै यस्ता कार्य तत्काल रोक्न अनुरोध गर्दछौ , भनी विज्ञप्तीमा भनिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *