बुलिङटार २ मा कांग्रेसबाट वडाध्यक्ष पदका उम्मेदवार बकावल सहित प्यानलै विजयी

बुलिङटार १, जेठ
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं. २ मा नेपाली कांग्रेसका उम्मेदवार कमल बकावल मगर सहित प्यानलै विजयी हुनु भएको छ । बकावल मगरले जम्मा १०९० खसेको मतमा ६२५ मत ल्याई विजयी हुनुभएको हो ।

बकावल मगर संगै नेपाली कांग्रेसबाट महिला वडा सदस्य पदका उम्मेदवारले ६२९, दलित महिला सदस्य पदका उम्मेदवारले ६१५, खुल्ला सदस्य पदका उम्मेदवार ६०८ र ६१३ ल्याई निर्वाचित हुनु भएको छ ।
बकावल मगरको निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ३९१ मत पाउनु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *