गैंडाकोट १४ मा महिलाको नेतृत्व, एमालेकी उमेदवार राना मगर विजयी

बुलिङटार, ३ जेठ । गैंडाकोट नगरपालिका वडा नं १४ को वडाध्यक्षमा नेकपा एमालेकी कोकीसरा राना मगर विजयी हुनुभएको छ । उहाँले १०३१ मत ल्याएर बिजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दि नेपाली काँग्रेसका उम्मेदवार महाश्रम न्यौपानेले ९१८ मत प्राप्त गर्नुभएको थियो । यो वडामा कुल २०३६ मत खसेको थियो । कोकीसरा रानामगर यस अघिको स्थानिय निर्वाचनमा पनि वडाध्यक्षमा निर्वाचित हुनुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *