कावासोती नगरपालिकामा एमाले विजयी

नारायण शर्मा
पूर्वी नवलपरासी — जिल्ला सदरमुकाम कावासोती नगरपालिकामा एमाले विजयी भएको छ । मुख्य निर्वाचन अधिकृत अर्जुन अधिकारीले दिएको जानकारीअनुसार मेयरमा एमालेका विष्णुप्रसाद भुसाल ३ सय ४ मतान्तरले विजयी भएका हुन् ।

भुसालले १८ हजार ६ सय ८ मत ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका महेन्द्र पोखरेलले १८ हजार ३ सय ४ ल्याएका छन् । पोखरल यसअघि पनि कावासोती प्रमुखमा पराजित भएका थिए ।

यसैगरी उपमेयरमा एमालेकी फूलकुमारी थनेतले १९ हजार २४ मत ल्याएकी छन् । उनका प्रतिस्पर्धी माओवादी केन्द्रका पतिराम थनेतले १३ हजार ५ सय ६१ मत पाएका छन् ।

कावासोतीका १७ वडामध्ये १३ वटा एमालेले जितेको छ । नेपाली कांग्रेस ४ वटा वडामा विजयी भएको छ भने माओवादी केन्द्रले एउटा वडा जितेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *