भुसालले विजयउत्सब मनाईरहेको मनाईरहेको स्थानमा पुगेर बधाई दिए पोखरेलले

कावासोती। कावासोती नगरपालिकामा मेयर पदमा थोरै मतले पराजित भएका महेन्द्र पोखरेलले बिजेता बनेका बिष्णु भुसाललाई उनले विजयउत्सब मनाईरकेको स्थानमा पुगेर बधाई दिएका छन् ।
नेपाली काँग्रेसको तर्फबाट उम्मेद्वार बनेका पोखरेलले भुसाल बिजय भएपछी उनले बिजय उत्सब मनाईरहेको स्थान कावासोतीको फलफुल चोकमा पुगेर बधाई दिएका हुन् । पोखरेलले भुसाललाई बधाई तथा शुभकामना दिंदै भनें, तपाईं हिजो सम्म एमालेको हुनुहुन्थ्यो, आज देखि सबैको हुनुभो, नगरपालिकाको कार्यसम्पादनमा सदैब लोकतान्त्रिक अभ्यास होस्, थोरै मत नपुगेर बिपक्षिमा पुगेकाहरुको भावनाको कदर गर्ने गरि काम गर्नुहोला । पोखरेलले नगरको बिकास र नगरवासीहरुको हित का लागि आफ्नो सधै रचनात्मक सहयोग हुने बताए । उनले बिकृती , बेथिती र भ्रष्टाचार बिरुद्द सधै आफ्नो खवरदारी रहने पनि बताए । पोखरेल भुसाल संग ३०४ मतको अन्तरले पराजित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *