सरकारले सिंहदरबारबाट ग्याँस सिलिण्डर विस्थापन थाल्ने घोषणा

काठमाडौं । सरकारले सिंहदरबारबाटै ग्याँस सिलिण्डर विस्थापन अभियान सुरु गर्ने भएको छ । आइतबार संसदमा पेश गरेको आर्थिक वर्ष २०७९÷८० को बजेट पेश गर्दै अर्थमन्त्री जनार्दन शर्माले ‘एलपी ग्याँस छोडौं, बिजुली जोडौं’ कार्यक्रम घोषणा गरे ।

यसअनुसार आगामी साउनदेखि सिंहदरबार परिसरबाट ग्याँस सिलिण्डर विस्थापन सुरु गरिनेछ ।

आगामी तीन महिनाभित्र महानगर र उपमहानगरका सार्वजनिक कार्यालय र निवासलाई ग्याँस सिलिण्डर मुक्त बनाइने बजेट वक्तव्यमा उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *