लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको अध्यक्षमा खेम सारु मगर सर्वसहमत

कावासोती ।लायन्स क्लब अफ कावासोती सप्तरङ्गीको नया पदाधिकारी टिम चयन भएको छ।हिजो बेलुका सप्पन्न रेगुलर मिटिङबाट आगामी बर्ष २२/२३ को लागि खेम सारु मगरको अध्यक्षतामा नया समिती सर्वसहमत रुपमा चयन गरिएको हो।नवनिर्वाचित समितिको प्रथम उपाध्यक्षमा लक्ष्मण रिजाल,उपाध्यक्षमा बेट्टु रानाभाट ,सचिबमा शिव खड्का ,सहसचिव दिपक लुइँटेल ,कोषाध्यक्षमा विनोद भट्टराई रहेका छन।कार्यक्रममा बोल्दै कार्यक्रमका सभापती तथा लायन्स क्लब अफ कावासोती सप्तरङ्गीका संस्थापक अध्यक्ष किरण भुर्तेलले नया समितिलाई पुर्ण सफलताको कामना सहित बर्ष २०२१ को कार्यकाल सफल पार्न सहयोग गर्ने सबैलाइ धन्यवाद ज्ञापन गरेका थिए।कार्यक्रममा क्लबमा नया जोडिन लागेका प्रस्तावित सदस्यहरुलाइ स्वागत गरिएको थियो भने वै रोजगारीको लागि विदेश जान लागेको क्लबको सह- कोषाध्यक्ष खगिसरा न्यौपाने बस्याललाइ मायाको चिनोसहित बिदाइ समेत गरिएको थियो। लियो क्लब अफ कावासोती सप्तरङ्गीको टिमले समेत नया कार्यसमितिलाई सम्मान गरेको थियो।कार्यक्रममा बोल्दै बर्ष २२/२३ को लागि नवनियुक्त अध्यक्ष सारु मगरले लायन्स क्लबले आफुलाइ नेतृत्व गर्ने जिम्मेवारी दिएकोमा कार्यसमितिलाई धन्यवाद दिदै आगामी बर्ष अझ बढी सशक्त तरिकाबाट क्लबलाइ अगाडि बढाएर रास्ट्रीय तथा अन्तर्राष्ट्रिय रुपमा क्लबलाइ पहिचान गराउने प्रतिवद्दता समेत व्यक्त गरे।कावासोती ८ मा रहेको थकाली किचनको सभाहलमा भएको कार्यक्रममा लायन्स क्लबका पदाधिकारी तथा सदस्यहरु,लियो क्लबका सदस्यहरु लगयात अन्य प्रस्तावित सदस्यहरुको समेत उपस्थिति रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *