गण्डकीको नीति तथा कार्यक्रममा नवलपुर

नवलपुर । गण्डकी प्रदेश सरकारले आगामी आ.व २०७९÷८० का लागि मंगलबार प्रदेश सभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ । प्रदेश सरकारका तर्फबाट प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नीति तथा कार्यक्रम पेस गरेका हुन ।

ड्ड प्रदेश सरकारको नीतितथा कार्यक्रम नवलपुरलाई सम्बोधन गरिएका मुख्य मुख्य कार्यक्रमहरु

ड्ड कावासोतीमा प्रसुती अस्पताल निर्माण गरिने छ ।
ड्ड मध्यविन्दु जिल्ला अस्पतालमा निशुल्क डायलासिस सेवा सुरु गरिने छ ।

ड्ड नेपाल विश्वविद्यालय स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ ।

ड्ड त्रिवेणि गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्रलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न गुरु योजना तयार गरि दिव्यधाम क्षेत्र विकास कार्यक्रम सन्चालन गरिने छ ।

ड्ड वाग्मती प्रदेशको सहकार्यमा देवघाटमा नवलपुर चितवन र तनहुँ जोडने तीन मुखे पुल निर्माण गरिने छ ।

ड्ड बौदीकाली र बुलिङ्गटारलाई अदुवा उत्पादको पकेट क्षेत्रको रुपमा विकास गरिने छ ।

ड्ड देवघाट, मौलाकाली, देवचुली–नरम, पुवाकोट–नारी भञ्ज्याङ–दाउन्ने महाभारत पदमार्ग निर्माण गरिनेछ ।

ड्ड लोकाहामा प्रस्तावित औद्योगिक क्षेत्रको व्यवस्थापन र सन्चालनको कार्यक्रमलाई निरन्तरता दिई प्राथमिकता साथ अगाडी बढाईने छ ।

ड्ड त्रिवेणि नाकालाई अन्तर्राष्ट्रिय नाकाको रुपमा सन्चालन गर्न गुरुयोजना निर्माण गरि पुर्वाधार विकास गरिने छ ।

ड्ड हुप्सेकोट, बुलिङ्गटार र बौदिकालीको उपयुुक्त स्थानमा व्यवसायिक अमृसो खेतीमा प्राथमिकता दिई कृषकको जीवन स्तर सुधार गरिनेछ ।

ड्ड भिमाद–डेढगाउँ–झ्यालबास–चोरमारा–दुम्किबास–त्रिवेणि सडक दुईवर्ष भित्र पूरा गरिने छ ।

ड्ड कावासोतीको एकीकृत प्रसासनिक केन्द्र निर्माणमा आवश्यक सहजीकरण गरिनेछ ।

ड्ड दुम्किबास–त्रिवेणि सडकको चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सुरुङ्ग मार्ग र सतही मार्गको सम्भाव्यता अध्ययन गरि काम अगाडी बढाईने छ ।

ड्ड नवलपुरको चुरे एवं आसपासको संवेदनशील क्षेत्रमा प्राकृतिक स्रोतको एकीकृत एवं दिगो व्यवस्थापनका लागि राष्ट्रपति चुरे संरक्षण समिति सँग समन्वय गरि आवश्यक कार्यक्रम सन्चालन गरिने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *