बुलिङटार जेसीजद्धारा स्वास्थ्य शाखा सहित जनप्रतिनिधिलाई स्वागत तथा सम्मान

बुलिङटार । प्रस्ताबित बुलिङटार जेसीजले बुलिङटार गाउँपालिकाका स्वास्थ्य शाखा सहित नवनिर्वाचित तथा निवर्तमान जनप्रतिनिधिलाई स्वागत तथा सम्मान गरेको छ । जेसीजले एक कार्यक्रमको आयोजना गरी गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनाल एवं सबै स्वास्थ्य शाखा अन्र्तगतका संस्थाहरुलाई प्रशंसापत्र सहित सम्मान गरेको हो ।

उक्त कार्यक्रममा गाउँपालिकाको स्वास्थ्य क्षेत्रमा जेसीजले गरेको कार्यक्रममा सहयोग र सहकार्य गरेको भन्दै गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत सिताराम खनाल एवं सबै स्वास्थ्य शाखा अन्र्तगतका स्वास्थ्य संस्थाहरुलाई प्रशंसापत्र मार्फत सम्मान गरिएको बुलिङटार जेसीजका अध्यक्ष सन्दिप कुमार श्रेष्ठले जानकारी दिए ।

साथै जेसीजले नवनिर्वाचित गाउँपालिका अध्यक्ष सहित वडा अध्यक्ष तथा निवर्तमान गाउँपालिका अध्यक्ष साथै सबै वडा अध्यक्षहरुलाई स्वागत तथा सम्मान समेत गरेको थियो । कार्यक्रमको प्रमुख अतिथि गाउँपालिकाकी उपाध्यक्ष दिल माया राना रहेकी थिइन भने कार्यक्रम श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *