बुलिङटारको समस्य लिएर नेपाल टेलिकममा पुगे अध्यक्ष सुनारी मगर

बुलिङटार।२, जेठ । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले गाउँको समस्य लिएर नेपाल टेलिकममा पुग्नु भएको छ । शुक्रबार बुलिङटार गाउँपालिकाका अधिकांश भेगहरुमा नेपाल टेलिकमबाट सेवा सुविधामा धेरै समस्य आएको र त्यहाँ एउटा मात्र टावर राखिएकाले समग्र पालिका भित्र सेवा अपुग भएको भन्दै अध्यक्ष सुनारी मगर नेपाल टेलिकममा पुग्नु भएको हो ।

आधुनिक जमानामा मोबाइल फोनले गर्दा सर्वसाधारण सबैले छिटो र छरितो तरिकाले आफ्नो काम सिध्याउन मद्दत मिल्ने हुदा बुलिङटारमा भने नेपाल टेलिकमको सेवा सर्वसाधारणले उपयुक्त रुपमा लिन नसकेको बताउनु भयो । बुलिङटार ३ मा रहेको एउटा टावरमा झन झन समस्य परि सेवाग्राहीलाई थप समस्य परेकाले आफुहरु नेपाल टेलिकममा पुग्न बाध्य रहेको अध्यक्ष सुनारी मगरले बताउनु भयो । उहाँले भन्नुभयो “बुलिङटारमा दुर(सञ्चार नेटवर्क समस्या व्यप्त रहेको तितो यथार्थ लाई मनन गरि आगामि दिनमा बुलिङटारको हरेक वडामा दुर(सञ्चार सेवा प्रवाह गर्नको लागि नेपाल टेलिकमलाई अनुरोध गरेको छु। नेपाल टेलिकमका म्यानेजर पनि हामीसंग सकरात्मक रुपमा हुनुहुन्छ ।”
अध्यक्ष सुनारी मगरले थप्नु भयो “वडा न ३ को बुलिङटारमा भएको मोबाइल टावरको मर्मत तथा स्तरवृद्दि गर्ने र छित्तै अरु वडाहरुमा टेलिकमको सम्भाव्यताको सर्वेक्षण हुने प्रतिवद्दता प्राप्त भएको छ।”

यस अघ बिहीबार अध्यक्ष सुनारी मगर नेकपाका अध्यक्ष केपी शर्मा ओलिसंगको भेटघाट कार्यक्रम रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *