बुलिङटारको बजेट ४७ करोड ४२ लाख ७८ हजार

नवलपुर । बुलिङटार गाउँपालिकाले आगामी आ.व २०७९÷८० का लागि ४७ करोड ४२ लाख ७८ हजारको बजेट ल्याएको छ ।

बुलिङटार गाउँपालिकाको ११ औँ गाउँसभामा गाउँपालिका अध्यक्ष दिपेन्द्र सुनारी मगरद्धारा प्रस्तुत ४७ करोड ४२ लाख ७८ हजारको बजेट गाउँ सभामा पेस गर्नुभएको हो ।
बजेटमा समानिकरण अनुदानतर्फ संघीय सरकारबाट ९ करोड ३५ लाख र प्रदेश सरकारबाट १ करोड ३ लाख ५ हजार गरि रु १० करोड ३८ लाख ५ हजार, राजश्व बाँडफाँड तर्फ संघीय सरकारबाट ८ करोड ४४ लाख ६८ हजार र प्रदेश सरकारबाट ५२ लाख ५ हजार गरि रु ८ करोड ९६ लाख ७३ हजार रहेको छ ।

यसैगरि विशेष अनुदान तर्फ संघीय सरकारबाट ९२ लाख र प्रदेश सरकारबाट ७० लाख गरि १ करोड ६२ लाख, समपुरक अनुदान तर्फ प्रदेश सरकारबाट ५० लाख, सशर्त अनुदान तर्फ संघीय सरकारबाट २२ करोड ६६ लाख रहेको छ ।
यसैगरि आन्तरिक आय तर्फ ३० लाख र चालु आवको बैंक मौज्दात हुने अनुमानमा रु ३ करोड गरि जम्मा ४७ करोड ४२ लाख ७८ हजार रहेको अध्यक्ष सुनारी मगरले प्रस्तुत गर्नुभएको हो ।

गाउँपालिका अध्यक्ष सुनारीद्वारा प्रस्तुत नीति तथा कार्यक्रम सर्वसम्मत आर्थिक विधेयक पास गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *