बुलिङटार,
नवलपुरको पहाडी भेग बुलिङटार गाँउपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगर नेपाल विद्युत प्राधिकरणमा पुग्नु भएको छ। मंगलबार अध्यक्ष सुनारी मगरले बुलिङटारको विद्युतीय समस्यलाई लिएर नेपाल विद्युत प्राधिकरणको कार्यलयमा पुग्नुभएको हो । अध्यक्ष सुनारी मगरले बुलिङटार बासिन्दाको मुख्य समस्यहरु मध्ये विद्युतीकरणलाई प्राथमिकतामा राखेर अगाडि बढेको बुलिङटार न्युजलाई बताउनुभयो ।
नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिसिङले विद्युतीय सम्बन्धि हरेक कदमहरुको सहयोग रहने प्रतिबद्धता जनाउनु भएको अध्यक्ष सुनारी मगरले बताउनु भयो । घिसिङले बुलिङटार गाउँपालिकालाई कावासोती विद्युत वितरण केन्द्रबाट र लेखनाथ विद्युत वितरण केन्द्रबाट सहज हुने भएकाले उक्त केन्द्रहरुमा पहल गर्न आग्रह गर्नेभएको थियो । अध्यक्ष सुनारीले बुलिङटारमा छिटोभन्दा छिटो बिजुलीको विस्तार गर्न आतुर रहेको बताउनुभयो ।
घिसिङले अझैसम्म विद्युत नपुगेको ग्रामिण भेगहरुमा चाडो भन्दा चाडो विद्युत पुर्याउन पहल गरेको बताउनु भयो ।
अध्यक्ष सुनारी मगरले रोकिएका नवलपुर ग्रामीण विद्युत केन्द्रको ठेक्कालाई यथाशीघ्र खुलाउने र कार्यनयनमा ल्याउने बताउनुभयो ।