कालीगण्डकी करिडोर छिटो खोल्न बुलिङटार अध्यक्ष सुनारीको निर्देशन, करिडोर भन्छ भोलिसम्म खुल्छ

बुलिङटार, २७ साउन
बुलिङटार गाउँपालिकाका अध्यक्ष दिपेन्द्र सुनारी मगरले कालीगण्डकी करिडोर छिटोभन्दा छिटो खोल्न निर्देशन दिनुभएको छ । भारी वर्षका कारण तरङ्ग खोला नजिक माथिबाट पहिरो खसे पछि उक्त सडक बन्दा भएको थियो । बन्दा भएको दुई हप्ता बितिसक्दा पनि करिडोर नखुले पछि बुलिङटार गाउँपालिका, बौदिकाली गाउँपालिका र पाल्पाका यात्रुहरुका लागि निकै असहज भएको भन्दै उक्त करिडोर चाडोभन्दा चाडो खोल्न आग्रह गर्नुभएको अध्यक्ष सुनारी मगरले बुलिङटार न्यूजलाई बताउनुभयो ।

 

लामो समयसम्म बाटो बन्दा हुदा यातायात साधन आवतजावत नभए पछि बुलिङटारमा खाद्यान्न सामाग्रीहरुको समेत अभाव हुने तथा लामो दुरी पार गरि लैजानु परेकाले दैनिकी उपभोग्य सामाग्री महङ्गीने हुदा बुलिङटारका बासिन्दाहरुलाई थप मर्का परेको उहाँले बताउनु भयो । उहाँले भन्नुभयो “ बिहिवार म आफै पहिरो गएको ठाउँमा गएर हेरे, काम गर्न अलि समस्य हुने ठाउँमा पहिरो गएछ । अबको एक दुई दिनमा खुल्ने करिडोर शाखाले बताएको छ ।”

 

 

उहाँले सबैभन्दा बढि समस्य बिरामी हुदा अस्पताल समेत लैजान समस्य भएको महसुुस गरेको बताउनु भयो । यसैक्रममा करिडोरले साउन २८ गते शुक्रबार सम्ममा खोल्न सक्ने जवाफ दिइएको छ । खसेको पहिरोमा काम गर्न निकै समस्य भएको भन्दै अपरेटरहरु ज्यान जोखिममा राखि काम गरिएको करिडोरमा कार्यरत सव इन्जिनियर रमेश श्रेष्ठले बताउनु भयो । उक्त करिडोर बिचबिचमा खुलाउने प्रयास गरे पनि दुई हप्ता देखि यातायात साधनहरु आवतजावत गर्न सकेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *