जनजागृति मा. वि.ले पायो कक्षा ११ सम्म सञ्चालन अनुमति

बुलिङटार, ३१ साउन
नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिका वडा नं १ ढाडबेशि स्थित रहेको जनजागृति माध्यमिक विद्यालयले कक्षा ११ सम्म सञ्चालन गर्ने अनुमति पाएको छ । शिक्षा तथा मानव श्रोत विकास केन्द्रबाट शैक्षिकसत्र २०७७ मा प्राविधिक धार तर्फ कृषि वाली विज्ञान कार्यक्रमका लागि जनजागृति माध्यमिक विद्यालय छनौट भएको थियो । शैक्षिक सत्र २०७९ देखि शिक्षा तथा मानव श्रोत विकास केन्द्र र बुलिङटार गाउँपालिकाले प्राविधिक धार तर्फ कृषि वाली विज्ञान कार्यक्रम अन्तर्गत उक्त विद्यालयलाई कक्षा ११ सञ्चालनका लागि अनुमति प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका सदस्य भोजकुमार डिसुवा मगरले बुलिङटार न्युजलाई बताउनु भयोे ।

२०७७ देखि प्राविधिक धार तर्फ कृषि वाली विज्ञान कार्यक्रम अन्तर्गत पढाई भइरहेको डिसुवा मगरले बताउनु भयो । “विद्यार्थीहरुलाई फिल्ड भिजिटका साथ किताबी ज्ञानदेखि व्यावहारिक ज्ञानमा आवद्धा गराएका छौं । किताबी ज्ञान र व्यावहारिक ज्ञान मिश्रित गराउदा विद्यार्थीलाई बुझ्न सहज हुन्छ” उहाँले बताउनु भयो ।

 

विद्यार्थीहरुले व्यावहारिक पढाई संगै उब्जाएको फलफूल, तरकारी तथा बाली सस्तो मुल्यमा गाउँघरमै बेच्ने तथा गाउँघरमा नबिकेमा सहरबजार तर्फ पठाउँने गरेको विद्यालयका प्रधानाध्यापक हिरा सिंह रेश्मी मगरले बताउनु भयो । “यहाँ व्यावहारिक पढाई संगै उब्जाएको फलफुल, तरकारी तथा वाली अर्गानिक हुन्छ, उब्जाएर बेचिएको रकम विद्यार्थीको हौसला बढाउनका लागि उनिहरुकै पढाईमा लगानी गरेका छौं” प्रधानाध्यापक रेश्मी मगरले बताउनु भयो । उक्ता विद्यालयमा साउन ३० गते देखि कक्षा ११ मा भर्ना खुलेको उहाँले बताउनुभयो । कोटा सिमित रहेकाले इच्छुक सम्पुर्ण विद्यार्थीहरुलाई समयमै भर्ना गरि आफ्नो सिट बलियो बनाउन प्रधानाध्यापक रेश्मी मगरले आग्रह गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *