बुलिङटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक तालिम सम्पन्न

बुलिङटार

बुलिङटारमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक तालिम सम्पन्नभएको छ ।
USAID/BHA/International Organization of Migration (UN-Migration) को सहयोगमा NSET/PAC/LWF को सहजीकरणमा बुलिङटार गाँउपालिकाको आयोजनामा श्रावण ३० र ३१ मा २ दिने विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन विषयक तालिम सम्पन्नभएको हो ।

गाँउपालिकाको कार्यालयमा भएको तालिमको समापनको क्रममा बोल्दै गाँउपालिकाको अध्यक्ष ई. दिपेन्द्र सुनारी मगरले गाँउपालिकामा विपद्को साझा बुझाई निर्माण गर्न, शासकीय व्यवस्थामा विपद्को विषयलाई मुलप्रवाहीकरण गर्न क्षमता विकासमा यो तालिम फलदायी भएको कुरा दाबी गर्नु भयो । उहाँले संकटासन्न वस्तिको क्षमताविकास गर्न र अबका बन्ने विकासलाई अझबलियो बनाउनका लागी कार्यपालिका सदस्यहरुको क्षमताविकासमा यो तालिम फलदायी भएको कुरा दाबी गर्नु भयो ।

 

 

कार्यक्रमको सहजीकरण निर्मल चोङबाङ र रेसा बस्यालले गर्नुभएको थियो । २ दिने तालिममा कार्यपालिका सदस्य, विषयगत शाखाका प्रमुखहरुको समेत सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *