कांग्रेसलाई सय सिट नदिए माओवादी र समाजवादीका उम्मेदवारलाई चुनाव जित्न गार्हो हुन्छ, नेता कोईराला

नवलपुर । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवं नवलपुर क्षेत्र नं १ का प्रतिनिधि सभा सदस्य शशांक कोईरालाले कांग्रेसलाई एक सय सिट नभए गठबन्धनका अन्य दल माओवादी र नेकपा समाजवादीलाई समेत चुनाव जित्न गार्हो हुने बताएका छ्न ।

 

शुक्रबार नेपाली कांग्रेस नवलपुरको जनता सँग कांग्रेस कार्यक्रममा आएका कोईरालाले पत्रकारहरु सँगको कुराकानीमा यस्तो बताएका हुन । नवलपुर टाईम्स सँगको कुराकानीमा कोइरालाले भने “कांग्रेसले सय सिट नपाए गठबन्धनका माओवादी र समाजवादीलाई पनि जित्न समस्या हुने हो, यो नभए उहाँहरुलाई नै घाटा हो ।” “एक्लै लडदा पनि ८० सिट हामी प्रत्यक्षमा जित्छौ, गठबन्धन गर्दा त १०० त चाहियो नि” उनले भने ।

 

फरक प्रसंगमा बोल्दै नेता कोईरालाले नवलपुर क्षेत्र नं १ मा आफ्नो दाबी स्वाभाविक रहेको र आफै उम्मेदवार बनेर विजयी हुने दाबी समेत गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *