फोनिज नवलपुरद्धारा पत्रकार महासंघलाई ज्ञापन पत्र

१६ भदौ, नवलपुर ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज ० नवलपुरले नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार फोनिज नवलपुरकी अध्यक्ष चन्दा गुरुङको नेतृत्वमा गएको टोलीले नेपाल पत्रकार महासंघ नवलपुर मार्फत महासंघलाई ज्ञापन पत्र बुझाएको हो । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ रहेको प्रमाण हुँदाहुँदै पनि कृष्ण प्रसाद भट्टराइलाई संस्थापक अध्यक्ष भनेको भन्दै यस्तो कदम प्रति विपत्ति जनाउदैे ज्ञापन पत्र बुझाइएको अध्यक्ष गुरुङले बताउनु भयो ।

२००८ साल बैशाख ९ गते सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन गरेको र २००९ बैशाख २८ मा पुर्नगठन गरेको इतिहास रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ, तर २०१२ चैत्र १६ गते पुर्नगठन हुँदा कृष्णप्रसाद भट्टराई सभापति बन्नुभएको हो । तथ्यहरुले सत्यनारायण बहादुर श्रेष्ठ संस्थापक सभापति पुष्टि भैसकेको अवस्थामा कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष भनेर भट्टराईको अपमान गरेको ज्ञापन पत्रमा उल्लेख छ ।

 

नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई भएको उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हो भन्ने सही तथ्यलाई स्थापित गराउन ज्ञापनपत्र मार्फत फोनिज नवलपुरले नेपाल पत्रकार महासंघसँग जोड्दार माग गरेको छ ।
यता नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष विरेन्द्र पराजुलीले ज्ञापन पत्र बुझ्दै फोनिज नवलपुरले माग गरेका उक्त सम्बन्धित कुरा र ज्ञापन पत्र तत्काल केन्द्रमा पठाउने बताउनु भएको छ । उहाँले फोनिजका मागहरुको सम्बोधन हुने विश्वास दिलाउदै ज्ञापन पत्र तत्काल केन्द्रिय समितिमा पठाउने प्रतिबद्धता जनाउनु भएको हो ।
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज ० ले देशव्यापीरुपमा नेपाल पत्रकार महासंघलाई ज्ञापन पत्र बुझाएको छ । विहिबार ७७ वटै फोनिज जिल्ला शाखाले पत्रकार महासंघ जिल्ला शाखा मार्फत केन्द्रीय समितिलाई ज्ञापन पत्र बुझाएका छन् ।

ज्ञापन पत्र

मितिः २०७९÷०५÷१६
श्री अध्यक्ष ज्यू
नेपाल पत्रकार महासंघ
केन्द्रीय कार्यसमिति, काठमाडौँ ।
माफर्त ,
नेपाल पत्रकार महासंघ
नवलपरासी ९ब।सु।पू० शाखा
विषय ः ज्ञापन पत्र
नेपालका श्रमजीवी पत्रकारको नेतृत्व संस्थाका रूपमा ‘नेपालपत्रकार महासंघ’ स्थापित छ । तत्कालीन ‘नेपाल पत्रकार संघ’ हुँदै महासंघका रूपमा विशाल आकार प्रदान गर्न धेरै अग्रज नेतृत्वले अतुलनीय योगदान गर्नुभएको छ ।
अधिकारका लागि कलमचलाउन समेत नसकिने कहालीलाग्दो तत्कालीन परिस्थितिमा पत्रकारलाई संगठित गर्नु सामान्य काम थिएन । त्यो हिम्मतर साहस गर्नुहुने सत्यनारायण बहादुर श्रेष्ठ सहित सम्पूर्ण अग्रज नेतृत्वप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० सम्मान व्यक्त गर्दछ । वर्तमान महासंघको जग इतिहासबाट बनेको हो । अर्थात्, वर्तमान नेपाल पत्रकार महासंघको जग तत्कालीन ‘नेपालपत्रकार संघ’ नै हो । नेपाल पत्रकार संघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक संगठित गर्ने व्यक्ति सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो ।
विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायण बहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपालपत्रकार संघ’ गठन गरेको थियो । २००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वम ातत्कालीन नेपाल पत्रकार संघ पुनर्गठन भयो । थप पत्रकारलाई संघमा संगठित गर्ने उद्देश्यकासाथ संघको पुनर्गठन गरिएको थियो । अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासंघ ९तत्कालीन नेपाल पत्रकार संघ० को संस्थापक सभापति ९हालअध्यक्ष० सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रुपमा दस्तावेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासंघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूवर्प प्र्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ । महासंघको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले गम्भीर विमति राख्दै आएको छ ।
वि।सं २०१२ चैत १६ गते नेपाल पत्रकार संघ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो । उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदरभाव प्रकट गर्नु पर्दछ ।
फोनिज समन्यायिक समाजनिर्माणको मान्यताबाट अग्रसर छ । यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो बिमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमानमात्र होइन, नेपाल पत्रकार संघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई संगठित गर्ने सत्यनारायण बहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निसन्देह गलत काम हो ।
देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासंघको संस्थापक मान्नु उहाँको योगदानलाई विवादितपार्नु र मानमर्दन गर्नु पनिहो । यस्तो कार्य कतै र कसैबाट पनिनहोस् भन्ने विषयमा फोनिज सचेत छ । प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ । यसर्थ, नेपाल पत्रकार महासंघले आफ्ना दस्तावेजहरूमा महासंघको संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई हुनुहुन्छ भनीउल्लेख गरेका गलतविवरण सच्याएर ‘नेपाल पत्रकार महासंघका संस्थापक अध्यक्ष सत्यनारायण बहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने सही तथ्यलाई स्थापित गराउन यसै ज्ञापनपत्र मार्फत नेपालपत्रकार महासंघ सँग जोड्दार माग गर्दछौँ ।

चन्दा गुरुङ
अध्यक्ष
नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज
जिल्ला समिति, नवलपरासी ब.सु.पू. शाखा

Leave a Reply

Your email address will not be published. Required fields are marked *