दीपक भट्टराई
नवलपुर २१ भदौं । नेकपा माओबादी केन्द्र नवलपुरले मंसिरमा हुने संघीय र प्रदेश निर्वाचनका लागि उम्मेदवारका नाम सिफारिस गरेको छ ।
नवलपुरको देबचुलीमा आईतबार बसेको जिल्ला कमिटिको बैठकले संघ, प्रदेश का प्रत्यक्ष र समानुपातिक उम्मेद्वार गरि ४४ जनाको नाम सिफारिस गरेको हो ।
नवलपुर क्षेत्र नं. १ बाट प्रतिनिधी सभा निर्वाचनमा प्रतिस्पर्धा गर्न पार्टी अध्यक्ष प्रचण्डलाई अनुरोध गर्ने निर्णय भएको माओवादी जिल्ला समन्वय समितिका संयोजक तथा केन्द्रीय सदस्य धन प्रसाद सापकोटाले बताए ।
माओबादी केन्द्र का केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्ष धन प्रसाद सापकोटाका अनुशार नवलपुर क्षेत्र नम्बर एक को प्रतिनिधि सभामा प्रचण्ड सहित ५ जनाको उम्मेदवार सिफारिस गरेको छ जसमा पुस्पकमल दाहाल प्रचण्ड, ठाकुर चापागाईं, ईन्द्र भुसाल, षडानन्द सापकोटा र पार्बति आचार्य को नाम सिफारीस गरिएको सापकोटाले बताए ।
यसै गरि नवलपुर क्षेत्र नम्बर १ प्रदेश सभा क को प्रत्यक्ष उम्देवारमा मित्र शरण शर्मा, धन प्रसाद सापकोटा, सुर्य न्यौपाने, बलराम चालिसे, र अम्बिका सापकोटाको नाम सिफारीस गरेको छ भने प्रदेश ख मा लोक प्रसाद भुर्तेल भिषण, हुकुम सुवेदी, प्रेमा खनाल, पुर्णकला भुसाल र दुर्गा भुसाल लाई उम्मेदवारी सिफारीस भएको सापकोटाले बताए ।
केन्द्र ले नवलपुर २ प्रतिनिधिसभा को प्रत्यक्ष उम्मेदवारी मा बालकृण्ण गैरे, डासीराम बस्याल, प्रेम बस्नेत, सरला खनाल र दुर्गा रसाईलीलाई सिफारीस गरेकोछ । भने प्रदेशसभा क प्रत्यक्ष उम्मेदवारमा चेतनाथ पोख्रेल, चन्द्र बहादुर थापा, रामराज पन्डित, सौगम कुमार श्रीपाली, हेमकुमारी सुनार लाई सिफारिस गरेको हो । यसै गरि प्रदेश सभा ख को प्रत्यक्ष उम्मेदवारमा तारा प्रसाद भुसाल, कृण्ण प्रसाद पाण्डे, हरी पाण्डे, ओमकान्त अधिकारी अनन्त, रूकमाया पुन मगरलाई सिफारीस गरेको छ ।
केन्द्रले समानुपातिक उम्मेदवारमा बालकृष्ण रानाभाट, धर्मकेसी ,कृण्ण प्रसाद शर्मा, नेत्र सुनार, टिकाराम घर्ती, टंक पुलामी, कृण्ण प्रसाद भट्टराई, शुस्मा खनाल, लक्षमी खाड, दमयन्ती रूचाल, ईश्वरी महत्त्व, देबी अधिकारी, रमिला भुजेललाई सिफारिस गरिएको अध्यक्ष सापकोटा ले बताए ।