कांग्रेसको चुनावी घोषणापत्र तयारी समितिको संयोजकमा विश्वप्रकाश 

काठमाडौं । नेपाली कांग्रेसको चुनावी घोषणापत्र तयारी संयोजकमा महामन्त्री विश्वप्रकाश शर्मा चयन भएका छन् ।

पार्टी सभापति शेरबहादुर देउवाले महामन्त्री शर्मालाई चुनावी घोषणापत्र तयारी समितिको संयोजक तोकेका हुन् ।

 

शर्मा संयोजक रहेको समितिले प्रतिनिधि र प्रदेश सभा निर्वाचनका लागि पार्टीको घोषणापत्र तयारी गर्नेछ ।

स्थानीय तहको निर्वाचनको घोषणापत्रको जिम्मेवारी भने अर्का महामन्त्री गगन थापाले पाएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *