गैंडाकोटमा मदन भण्डारी सेभेन ए साइड नकआउट फुटवल प्रतियोगिता भोलि उद्घाटन हुने

गैंडाकोट, २३ भदौ
गैंडाकोटमा मदन भण्डारी सेभेन ए साईड नक आउट फुटवल प्रतियोगिता हुने भएको छ । मदन भण्डारी स्पोर्टस एकेडेमी गैंडाकोटद्धारा राष्ट्रिय स्तर सेभेन ए साइड नकाउट फुटबल प्रतियोगिता भदौ २४ गते शुक्रबार उद्घाटन हुने एकेडेमीका अध्यक्ष नरेश थापा मगरले पत्रकार सम्मेलनमा बताउनुभयो ।

 

ठूलो राशीे पुरस्कार भएको उक्त प्रतियोगिता गैंडाकोट ६ भाग्योदय खेलमैदानमा आयोजना गर्न लागेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनुभएको हो ।

 

प्रतियोगितामा प्रथम हुनेले नगद १ लाख ११ हजार १ सय १ १ सहित ट्रफी, मेडल र प्रमाण पत्र पाउने छन् भने दोश्रो स्थान हासिल गर्नेले ५५ हजार ५ सय ५५ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक एकेडेमीका अध्यक्ष थापाले जानकारी दिनुभयो ।

 

त्यस्तै बेष्ट गोलकिपर,सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ताका लागि जनही ५ हजार रुपैयाँको साथमा ट्रफी, मेडल र प्रमाण प्रदान गरिने उहाँले बताउनुभयो ।

 

खेलकुद संयोजक विनोद कंडेलले प्रतियोगितामा नवलपुर, नवलपरासी, चितवन, तनहुँ, मकबानपुर र काठमान्डौका गरि ३२ वटा समुहले प्रतिष्पर्धा गर्ने जानकारी दिनुभयो । प्रतियोगितामा एम्स एबरोड एजुकेशन, सेन्ट्रल कलेज, नमुुना कलेज सहित विभिन्न संघसस्था र ब्यक्तिहरुले सहयोग गरेका छन् । बिजेतालाई प्रदान गरिने १ लाख ११ हजार १ सय ११ रुपैँया राशीको सेभेन ए साइड नक आउट फुटबल प्रतियोगिता गैँडाकोटको सबैभन्दा ठुलो राशीको पुरस्कार भएको आयोजकले जनाएको छ ।

 

पत्रकार सम्मेलनमा वडा नं.६ का अध्यक्ष सुवास चापागाई, नमुना कलेजका प्राचार्य गोपेन्द्र केशरी न्यौपाने मदन भण्डारी स्पोर्टस एकेडेमीका सल्लाहकारहरु गिरीराज उपाध्याय, नवराज कंडेल, एम्स एबरोड एजुकेशनका प्रवन्ध निर्देशक कृष्ण कंडेल, सेन्टल कलेजका प्रिन्सीपल यज्ञविलास पौडेल, मदनभण्डारी स्पोर्टस एकेडेमीका सदस्य अर्जुन पराजुली लगायतको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *