नवलपुरकै पहिलो स्थानमा बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा

बुलिङटार, २३ भदौ
स्वास्थ्य कार्यक्रमहरूको स्थानीय तहहरूको मुल्यांकन नतिजामा बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा नवलपुर जिल्लामा प्रथम स्थान हासिल गरिएको छ । नवलपुरको पहाडी भेग बुलिङटार गाउँपालिकामा रहेको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा आर्थिक बर्ष २०७८÷०७९ को स्वास्थ्य कार्यक्रमहरूको स्थानीय तहहरूको मुल्यांकन नतिजामा जिल्लाकै प्रथम स्थान हासिल गरिएको बुलिङटार गाउँपालिका स्वास्थ्य शाखा प्रमुख अशोक श्रेष्ठले बताउनु भयो ।

 

खोप कार्यक्रम, परिवार नियोजन कार्यक्रम, सुरक्षित मातृत्व लगायत विभिन्न ३५ वटा सूचकहरुमा अब्बल ठहरिदै बुलिङटार गाउँपालिका स्वास्थ्यको क्षेत्रमा नवलपुरकै उत्कृष्ट गाउँपालिकाको रुपमा देखिएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश पोखराको आव २०७८÷७९ को बार्षिक समिक्षा कार्यक्रममा बुलिङटार गाउँपालिका प्रदेशको एघारौ र जिल्लाको प्रथम स्थानमा देखिएको हो ।

 

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशवप्रसाद चापागाइले भुगोलका हिसावले दुर्गम स्थानमा रहेको भएपनि बुलिङटार गाउँपालिका जिल्ला प्रथम हुनु खुसीको कुरा भएको बताउनु भयो । देवचुली नगरपालिका प्रदेशमा १८ औ र जिल्लामा दोस्रो स्थानमा रहेको छ भने गैँडाकोट नगरपालिका प्रदेशमा २७ औं र जिल्लाका तृतीय स्थानमा देखिएको छ ।

 

त्यसैगरी जिल्लाको विनयीत्रिवेणी गाउँपालिका प्रदेशको ४८ औं र जिल्लाको चौथो स्थानमा रहेको तथ्याङ्कले देखाएको छ । यसैगरी हुुप्सेकोट गाउपालिका प्रदेशको (५०) औ र जिल्लाको पाँचौ, कावासोती नगरपालिका प्रदेशको (६२) औं र जिल्लाको छैठौ स्थानमा परेको छ । बौदीकाली गाउपालिका प्रदेशको ६३ औ र जिल्लाको सातौ स्थानमा देखिएको छ भने मध्यविन्दुनगरपालिका प्रदेशको (६४) औ स्थान र जिल्लाको सबैभन्दा तल पुछारमा रहेको देखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *